2026-07-04 10:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मुलुक गम्भीर अवस्थामा छ, क्रान्तिका लागि तयार बनौं : रवि लामिछाने

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले क्रान्तिका लागि समय आउँदै गरेको र त्यसका लागि तयार रहन अपिल गरेका छन् । शुक्रबार उच्च अदालत पाटन परिसरमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिने क्रममा सभापति लामिछानेले यस्तो बताएका हुन् ।

लामिछाने काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध निवेदन लिएर उच्च अदालत पाटन पुगेका थिए । उच्च अदालतबाट निस्कने क्रममा लामिछानेले सरकार नांगिएको हुनाले सरकारकै लाज छोप्नका लागि अदालतहरूमा हिँडेको बताए ।

सँगै उनले भनेका छन्, ‘समय आउँदैछ, सबैलाई तयार रहन आग्रह गर्न चाहन्छु । गेट रेडि फर द रेभुलेसन ।’

उनले आफ्नो बोल्ने समय एकदमै नजिक आउँदै गरेको र त्यो दिन आएपछि धेरैको बोली बन्द हुने पनि जिकिर गरे ।

‘मेरो बोल्ने समय एकदमै नजिक आउँदैछ । अहिले म बोल्यो भने दुई तिहाइको सरकारलाई गाह्रो पर्ला,’ लामिछानेले भने, ‘म बोल्यो भनेर गाह्रो भएको होला । जब बोल्ने समय आउँछ त्यसपछि धेरैको बोली चाहिँ बन्द हुन्छ ।’

उनले अहिले आफू आवेग र उत्तेजनामा नभएको पनि प्रष्ट पारे ।

‘म आवेग, उत्तेजनामा छैन । मुलुक एउटा गम्भीर अवस्थामा आएको छ,’ लामिछानेले भने, ‘एउटा जिम्मेवार राजनीतिक दलका हिसाबले, नेपाली जनताले आशा र भरोसाको रुपमा हेरेको दलको हिसाबले म कुनै आवेग वा उत्तेजनामा आएर अभिव्यक्ति दिने पक्षमा छैन ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो