२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भिम रावलले उठाए ओली नेतृत्वको सरकारले गरेका काममा प्रश्न

२०८१, १० चैत्र आईतवार १२:३७

काठमाडौँ | मातृभूमि जागरण अभियान चलाइरहेका एमालेका पुर्व नेता डा. भिम रावलले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका कामहरु सुशासन र देशको हितका लागि हुन् ? भन्दै प्रश्न गरेका छन् ।

नेता रावलले सिमेन्टको मुल्य बढाउने काम गरेको उर्जमन्त्रीको स्काउटको जग्गा प्रकरणमा प्रधानमन्त्री मौन रहेको लगायतका विषय उठाएर सरकारमाथि  प्रश्न गरेका हुन् ।

उनले भनेका छन्-  

– नाफाखोरी र कालोबजारी नियन्त्रण गर्ने एउटा कानूनी प्रावधानलाई अध्यादेशबाट हटाएर उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी मार्फत सिमेण्ट र डन्डीमा कृत्रिम रुपमा चर्को मूल्य वृद्धि गराएर अनुचित लाभ उठाएको भन्ने जनआवाजबारे प्रमको मौनता । यसो गर्दा देशको विकास निर्माण कार्य एवं जनजीवनमा के असर पर्छ भन्ने तर्फ चासो विहीन । त्यस्तै स्वदेशी सुपारी उत्पादकलाई निर्यातमा सहुलियत दिनुको साँटो सुपारी आयात खुला गरिएको तथा ग्यास उद्योगीको कमिसन घटाउने उच्चस्तरीय समितिको सुझाव विपरीत व्यापारीको स्वार्थमा प्रति सिलिण्डर १२ रुपैयाँ ७५ पैसा बुद्धि ।

– उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले लैनचौर स्थिति स्काउटको जग्गा सत्ता र शक्तिको आडमा कौडीको भाउमा भाडामा लिनुका साथै थप नौ रोपनी जग्गा कब्जा गरेको तथा पाँच करोड बढी रुपैयाँ भाडा नतिरेको र मिनाहा गराउने तर्फ लागेको भन्ने समाचार प्रकाशित । प्रधानमन्त्री मौन ।

– नयाँ दिल्लीमा राइसिना डाइलग कार्यक्रममा एक दिन भाग लिन गए हुनेमा परराष्ट्रमन्त्री आरजु देउवा राणाद्वारा भारतमा झण्डै दुई हप्ता बिताइएको । यस अवधिमा भारतीय प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने प्रयास गरिएको तर भेट हुननसकेको तथा मन्त्री राणाले नेपालमा उत्पन्न राजनीतिक स्थितिबारे भारतीय परराष्ट्र मन्त्रीसंग भारतको धारणा बुझेको भन्ने समाचार आयो । स्वाधीन देशको कूटनीतिक मर्यादा र असक्षमताको नमूना !

-गठबन्धन सरकारका नेताहरुले नेपाल एक रुपैयाँ पनि ऋण लिनसक्ने स्थितिमा नरहेको भनी सार्वजनिक रुपमा ठूलो स्वरमा घोषण गरेको विपरीत विपरीत गत आठ महिनामा रु. ३ खर्ब ३४ अर्ब ऋण लिइएको छ र त्यस मध्ये वाह्य ऋण एक तिहाई छ । आफ्नै घोषणा विपरीत ऋण किन लिएको? कि पाखण्ड मात्र हो ?

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश