१६ बैशाख २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भिम रावलले उठाए ओली नेतृत्वको सरकारले गरेका काममा प्रश्न

१० चैत्र २०८१, आईतवार १२:३७

काठमाडौँ | मातृभूमि जागरण अभियान चलाइरहेका एमालेका पुर्व नेता डा. भिम रावलले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका कामहरु सुशासन र देशको हितका लागि हुन् ? भन्दै प्रश्न गरेका छन् ।

नेता रावलले सिमेन्टको मुल्य बढाउने काम गरेको उर्जमन्त्रीको स्काउटको जग्गा प्रकरणमा प्रधानमन्त्री मौन रहेको लगायतका विषय उठाएर सरकारमाथि  प्रश्न गरेका हुन् ।

उनले भनेका छन्-  

– नाफाखोरी र कालोबजारी नियन्त्रण गर्ने एउटा कानूनी प्रावधानलाई अध्यादेशबाट हटाएर उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी मार्फत सिमेण्ट र डन्डीमा कृत्रिम रुपमा चर्को मूल्य वृद्धि गराएर अनुचित लाभ उठाएको भन्ने जनआवाजबारे प्रमको मौनता । यसो गर्दा देशको विकास निर्माण कार्य एवं जनजीवनमा के असर पर्छ भन्ने तर्फ चासो विहीन । त्यस्तै स्वदेशी सुपारी उत्पादकलाई निर्यातमा सहुलियत दिनुको साँटो सुपारी आयात खुला गरिएको तथा ग्यास उद्योगीको कमिसन घटाउने उच्चस्तरीय समितिको सुझाव विपरीत व्यापारीको स्वार्थमा प्रति सिलिण्डर १२ रुपैयाँ ७५ पैसा बुद्धि ।

– उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले लैनचौर स्थिति स्काउटको जग्गा सत्ता र शक्तिको आडमा कौडीको भाउमा भाडामा लिनुका साथै थप नौ रोपनी जग्गा कब्जा गरेको तथा पाँच करोड बढी रुपैयाँ भाडा नतिरेको र मिनाहा गराउने तर्फ लागेको भन्ने समाचार प्रकाशित । प्रधानमन्त्री मौन ।

– नयाँ दिल्लीमा राइसिना डाइलग कार्यक्रममा एक दिन भाग लिन गए हुनेमा परराष्ट्रमन्त्री आरजु देउवा राणाद्वारा भारतमा झण्डै दुई हप्ता बिताइएको । यस अवधिमा भारतीय प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने प्रयास गरिएको तर भेट हुननसकेको तथा मन्त्री राणाले नेपालमा उत्पन्न राजनीतिक स्थितिबारे भारतीय परराष्ट्र मन्त्रीसंग भारतको धारणा बुझेको भन्ने समाचार आयो । स्वाधीन देशको कूटनीतिक मर्यादा र असक्षमताको नमूना !

-गठबन्धन सरकारका नेताहरुले नेपाल एक रुपैयाँ पनि ऋण लिनसक्ने स्थितिमा नरहेको भनी सार्वजनिक रुपमा ठूलो स्वरमा घोषण गरेको विपरीत विपरीत गत आठ महिनामा रु. ३ खर्ब ३४ अर्ब ऋण लिइएको छ र त्यस मध्ये वाह्य ऋण एक तिहाई छ । आफ्नै घोषणा विपरीत ऋण किन लिएको? कि पाखण्ड मात्र हो ?

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आन्दोलनरत शिक्षक र शिक्षा मन्त्रालयबीच आज दिउसो ३ बजे पुनः वार्ता हुने शिक्षकहरुको आन्दोलन २८ औँ दिन पनि जारी गर्भवती किशोरीको हेलिकोप्टरमार्फत उद्धार बुद्धजयन्तीमा बौद्ध महास्तूपाको अस्तुधातु प्रदर्शन गरिने राजनीतिमा आउने सोच छैन, युवालाई छाड्ने होः हरिवंश आचार्य पोषणभत्ता वृद्धि गर्न सांसदहरुको सुझाव लौकाखेतीबाट चार लाख आम्दानी कुटानी–पिसानी मिलबाट एक लाख बढी आम्दानी लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित जनकपुरमा जानकी जन्मोत्सव सुरु कृषि प्रवर्द्धन गर्न जुम्लामा औद्योगिक महोत्सव सामाजिक न्याय र समानताका निम्ति निरन्तर लागिरहने अध्यक्ष दाहालको प्रतिबद्धता पूर्वप्रधानमन्त्री डा भट्टराईद्वारा कश्मिरको पहेलगाम घटनाको निन्दा शिक्षकका माग चाँडो सम्बोधन गर्न सांसदहरुको आग्रह प्रतिनिधिसभा बैठक सुरु, शिक्षक आन्दोलनबारे गम्भीर हुन सांसदहरुको माग निर्वाचन खर्चलाई मितव्ययी बनाउन माग मागमा आधारित जीविकोपार्जन कार्यक्रम : चेपाङ समुदायलाई चिउरीखेती गर्न प्रोत्साहन दुलेगौडा–साखे सडक स्तरोन्नति सुरु मनाङमा यार्सागुम्बा सङ्कलन थालियो रुखले च्यापिएर मृत्यु