१४ बैशाख २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पूर्वराजा ज्ञानेन्द्रलाई राप्रपाको सभापति बन्न देउवाको सुझाव

१० चैत्र २०८१, आईतवार १४:३२

काठमाडौँ | नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई पूर्वराजा ज्ञानेन्द्र शाहलाई पार्टी सभापति बनाउन सुझाव दिएका छन् । कांग्रेसको बागमती प्रदेश प्रशिक्षण विभागले गरेको कार्यक्रममा आइतबार सभापति देउवाले राप्रपालाई पूर्वराजा शाहलाई पार्टी सभापति बनाउन सुझाव दिएका हुन् ।

उनले नेपालमा राजतन्त्र फर्किने सम्भावना नरहेको र ज्ञानेन्द्र संवैधानिक राजा बन्न लायक व्यक्ति नभएको बताएका छन् । देउवाले भने– ‘नेपालमा राजतन्त्र फर्किने सम्भावना छैन । ज्ञानेन्द्र संवैधानिक राजा बन्न लायक व्यक्ति पनि होइनन्,’ देउवाले भने, ‘बरु राप्रपाले ज्ञानेन्द्रलाई पार्टी सभापति बनाए हुन्छ ।’

उनले ज्ञानेन्द्रलाई राजनीति नै गर्ने भए पार्टी खोल्न सुझाव दिए । पूर्वराजाले पार्टी खोले पनि त्यसमा सहभागी हुनेहरूले धेरै दुःख पाउने देउवाको भनाइ थियो ।

‘राजनीति गर्ने भए पार्टी खोल्दा भइहाल्यो नि । तर त्यो पार्टीमा जानेहरूले धेरै नै दुःख पाउँछन्’ देउवाले भने ।  देउवाले राजतन्त्र फर्किने सम्भावना नै नरहेको बताउँदै गणतन्त्रका पक्षमा एकजुट भएर लाग्न नेता कार्यकर्तालाई निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्ण समानुपातिक निर्वाचन प्रणालीको अभ्यासमा तत्काल जुट्नुपर्छ: वामदेव गौतम ब्राजिलका पूर्वराष्ट्रपति कोलोर डि मेलो भ्रष्टाचारको आरोपमा पक्राउ गुल्मीमा गोठमा आगलागी हुँदा चार वर्षीय बालकको मृत्यु चेक रिपब्लिक पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ श्रममन्त्री भण्डारी र बोस्नियाका मिसन उपप्रमुखबीच छलफल तम्घास–सिमलटारी सडकमा चारवटा पक्की पुल निर्माण पहलगाम आक्रमणको विरोधमा दिल्लीसहित विभिन्न शहरमा प्रदर्शन मुम्बईमा महिला बेचबिखन गर्ने फरार प्रतिवादी ३० वर्षपछि पक्राउ स्वास्थ्य बिमाको पैसा नआएपछि भरतपुर अस्पतालले हटायो २४ वटा परीक्षण विराटनगर लगानी सम्मेलनबाट अर्थतन्त्र थप चलायमान हुनेः मुख्यमन्त्री कार्की टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भूकम्पको एकदशक : सम्झना ताजा वैकल्पिक वित्त कोष स्थापना गर्ने विधेयक प्रतिनिधिसभामा प्रस्तुत भूकम्पको एकदशकः अझै सकिएन साततले दरबारको पुनःनिर्माण महायज्ञमा एक करोड २० लाख सङ्कलन शिक्षकका माग सम्बोधन गर्न ट्रेड युनियनको आग्रह ‘मन्त्रीका निर्वाचन क्षेत्रमा मात्रै बजेट जाने प्रवृत्ति अन्त्य होस्’ जिपको ठक्कबाट स्कुटर चालकको मृत्यु प्रधानमन्त्री र मन्त्रीहरुले आफ्नो सम्पत्ति सार्वजनिक गर्नुपर्छ : सांसद पुन ‘जनताले संवैधानिक आधारभूत अधिकार पाउनुपर्ने’