काठमाडौँ | सुनसरीको इटहरी चोकमा रहेको सेन्ट्रल प्लाजामा लागेको आगलागीमा फसेका मध्ये ९ जनाको उद्धार गरिएको छ ।
१० जना मानिस फसेकोमा ९ जनाको उद्धार भएको हो । बाँकी रहेका एक जनाको उद्धार गर्न सुरक्षाकर्मी घरमाथि पुगेका छन् ।
अरू पनि फसेको आशंका छ । थप उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर परिचालन भएको छ ।