५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ज्ञानेन्द्रविरुद्ध एमाले महासचिवको टिप्पणी: ‘अपुताली राजा’

१४ चैत्र २०८१, बिहीबार १२:५४

काठमाडौँ |  सत्तारुढ नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वराजा ज्ञानेन्द्र शाहलाई अपुतालीमा राजा भएको टिप्पणी गरेका छन्।

पूर्वराजाविरुद्ध आक्रामक रूपमा प्रस्तुत भइरहेका एमाले महासचिव पोखरेलले ज्ञानेन्द्रले अधिराजकुमार हुँदाका बेला पनि राष्ट्र र जनतालाई गम्भीर हानि पुग्ने आपराधिक काम गरेको आरोप पनि लगाएका छन्।

यो कुरा पूर्वपञ्चहरूले नै त्यसबेला सार्वजनिक गरेका तथ्यमा पढ्न पाइने दाबी उनले गरेका छन्।

‘पूर्वराजा ज्ञानेन्द्र अधिराजकुमार हुँदाका समयमा राष्ट्र र जनतालाई गम्भीर हानि पुग्ने आपराधिक काम गरेको विषयलाई पूर्वपञ्चहरूले नै सोही समयमा सार्वजनिक गरेका तथ्यहरू पढ्न पाइन्छ। अहिले आएर स्वार्थको रोटी सेक्नका लागि पूर्वपञ्चहरूले उनको गुनगान गाउनु बेग्लै कुरा हो’, महासचिव पोखरेलले बिहीबार सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘तर आम जनताले त उनी अपुतालीमा राजा हुँदासमेत असहज मानेकै हुन्।’

२०५८ जेठ १९ गते राति नारायणहिटी दरबारभित्रै राजा वीरेन्द्रको वंश नास गरिएपछि उनका भाइ ज्ञानेन्द्र दोस्रोपटक राजा बनेका थिए।

यसअघि पनि ज्ञानेन्द्र ४ वर्षकै उमेरमा २००७ सालमा तत्कालीन राजा त्रिभुवन राणा शासन अन्त्यका लागि भारत निर्वासन भएपछि माइला नातिका रूपमा राजा बनेका थिए। तर सात सालको क्रान्तिले राणा शासन अन्त्य भई हजुरबुवा त्रिभुवन स्वदेश फर्केपछि राजगद्दीबाट हट्नुपरेको थियो।

केही समययता फेरि पूर्वराजा ज्ञानेन्द्र फेरि राजा बन्न सक्रिय हुन थालेपछि गणतन्त्रवादी दल ता नेताहरूले उनीविरुद्ध आक्रोश पोखिरहेका छन्।

राप्रपालगायत राजावादी दल तथा समूहले राजसंस्था पुन:स्थापनाका लागि भनेर आन्दोलन नै घोषणा गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता