२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुलमान र हितेन्द्रले एक अर्काविरुद्ध हालेको मुद्दाको पेसी एउटै इजलासमा

२०८१, १५ चैत्र शुक्रबार ११:४७

काठमाडौँ | नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशकबाट कुलमान घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको तथा ४ वर्ष अगाडि हितेन्द्रलाई हटाएर कुलनमानलाई नियुक्ति विरुद्धको पेसी एउटै इजलालमा परेको छ ।

सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासमा मुद्दाको पेसी परेको छ । मुसलमानको इजलासको दुई नम्बरमा कुलमानको र ५ नम्बरमा हितेन्द्रदेवले मुद्दा टुंगाइदिने माग गरेर दायर गरेको रिटको पेशी आजलाई परेको छ ।

सरकारले गत सोमबार कुलमानलाई बर्खास्त गरेर हितेन्द्रदेवलाई नियुक्त गरेको थियो । मंगलबार हितेन्द्रले पदवहाली गरेका र कुलमानले बर्खास्तीको पत्र पाएपछि बुधबार कुलमान सर्वोच्च अदालत गएका थिए ।

सरकारले ४ वर्ष अगाडिको कुलमानलाई नियुक्त गरेर आफूलाई हटाएको मुद्दा टुंगो नलाग्दै सरकारले आफूलाई पुनः विद्युत प्राधिकरणको प्रवन्ध निर्देशकको जिम्मेवारी दिएकोले शाक्यले पुरानो मुद्दा टुंगाइदिन भन्दै विहीबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

कुलमान भर्सेस हितेन्द्रको मुद्दा एउटै न्यायाधीशको इजलासमा परेकोले लगाउनको मुद्दा लागेर कुलमानको मुद्दा लम्बिनसक्ने पनि हुनसक्छ । कुलमानले सरकारले आफूलाई हटाउने गरी गरेको निर्णय कार्यान्वयन नगर्न र पुनबहाली पाउँ भन्दै अन्तरिम आदेश माग गरेका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी