२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

मन्त्रिपरिषद् बैठक सकियो, के निर्णय भयो ?

२०८१, १५ चैत्र शुक्रबार २३:२०

काठमाडौँ । राजसंस्थाको समर्थनमा शुक्रवार राजधानीमा भएको प्रदर्शनका क्रममा भएको तोडफोड, आगजनी र मृत्युको घटनाबारे छानबिन गर्न मन्त्रिपरिषद्‌को बैठकले गृह मन्त्रालयलाई निर्देशन दिएको छ।

राजाबादीको आन्दोलनमा भएको घटनाको सत्य-तथ्य छानबिन गरी दोषी उपर कारबाही गर्न र आगामी दिनमा यस्तो घटना हुन नदिन गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ।

शुक्रवार राति अबेरसम्म प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आकस्मिक बैठकले घाइतेहरूको निःशुल्क उपचार गर्ने निर्णय गरेको छ । बैठकले शुक्रवारको घटनालाई अराजक र हिंसात्मक भन्दै त्यस्ता घटनामा सहभागी नहुन पनि सर्वसाधारणलाई अपील गरेको छ।

बैठकले राजावादीहरूले आतङ्क फैलाएको, घरभित्र मानिस रहेको अवस्थामा ढुंगामुढा गर्ने तथा मानिसको ज्यान जाने अमानवीय र गैह्रकानुनी काम गरेको ठहर गरेको छ ।

बैठकले राजतन्त्र पक्षधर प्रदर्शनका क्रममा भएका ‘हिंसात्मक गतिविधि’को भर्त्सना गरेको छ । त्यस्तै बैठकले म्यानमार केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण भएको क्षतिमा पनि दुःख व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश