५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

मन्त्रिपरिषद् बैठक सकियो, के निर्णय भयो ?

१५ चैत्र २०८१, शुक्रबार २३:२०

काठमाडौँ । राजसंस्थाको समर्थनमा शुक्रवार राजधानीमा भएको प्रदर्शनका क्रममा भएको तोडफोड, आगजनी र मृत्युको घटनाबारे छानबिन गर्न मन्त्रिपरिषद्‌को बैठकले गृह मन्त्रालयलाई निर्देशन दिएको छ।

राजाबादीको आन्दोलनमा भएको घटनाको सत्य-तथ्य छानबिन गरी दोषी उपर कारबाही गर्न र आगामी दिनमा यस्तो घटना हुन नदिन गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ।

शुक्रवार राति अबेरसम्म प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आकस्मिक बैठकले घाइतेहरूको निःशुल्क उपचार गर्ने निर्णय गरेको छ । बैठकले शुक्रवारको घटनालाई अराजक र हिंसात्मक भन्दै त्यस्ता घटनामा सहभागी नहुन पनि सर्वसाधारणलाई अपील गरेको छ।

बैठकले राजावादीहरूले आतङ्क फैलाएको, घरभित्र मानिस रहेको अवस्थामा ढुंगामुढा गर्ने तथा मानिसको ज्यान जाने अमानवीय र गैह्रकानुनी काम गरेको ठहर गरेको छ ।

बैठकले राजतन्त्र पक्षधर प्रदर्शनका क्रममा भएका ‘हिंसात्मक गतिविधि’को भर्त्सना गरेको छ । त्यस्तै बैठकले म्यानमार केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण भएको क्षतिमा पनि दुःख व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता