२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रवीन्द्र र धवललाई भेट्न प्रहरी परिसर टेकुमा राप्रपा अध्यक्ष लिङ्देन

२०८१, १७ चैत्र आईतवार १५:४५

काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले हिजो प्रहरी हिरासतमा पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा. धवलशम्शेर राणालाई भेटेका छन ।

राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङ, कोषाध्यक्ष निलकण्ठ पाठक, कार्यसम्पादन समिति सदस्य शरदराज पाठक लगायतको टोली लिएर लिङदेन प्रहरी परिसर टेकुमा पुगेका थिए । पार्टीको महत्वपूर्ण वैठक अगाडि उनीहरु नेताद्वय भेट्न पुगेका हुन् ।

प्रहरीले राप्रपा अध्यक्ष नेताहरुलाई बसेर भेट्ने व्यवस्था भने मिलाएन । अध्यक्ष लिङदेन र नेताहरुले उभिएरै कुराकानी गरेका थिए । लकअपभित्र बारको वारपार मिश्र र राणासँग एकैपटक कुराकानी भएको भेटमा सहभागी एक नेताले बताए । सो क्रममा प्रहरीका एसएसपी नै छेउमा उभिएर कुरा सुनेको उनको भनाइ छ । यसमा अध्यक्ष लिङदेन असन्तुष्ट बनेका थिए ।

‘हाम्रा नेताहरुले कुनै पनि अपराधिक कार्य गरेका होइनन्, उनीहरुलाई खुंखार अपराधिझैं व्यवहार गर्नु भएन,’ उनले भने, ‘पार्टीको उच्च नेतृत्व आउँदाखेरि गरिएको यो व्यवहारले हामीप्रति राज्यको दुर्भावना र प्रतिसोधपूर्ण व्यवहार झल्काएको छ ।’

नेताद्वयले भने खासै गुनासो गरेनन् । वरिष्ठ उपाध्यक्ष मिस्ले राति लाइन लागेर सुतिएको हाँस्दै बताएका थिए ।

‘उहाँहरु हताश देखिनुभएन, खासगरि रविन्द्र मिश्र उच्च मनोबलमा हुनुहुन्थ्यो,’ ती नेताले भने । आफूहरुले नआत्तिन आग्रह गर्दा मिश्रको जवाफ उद्धृत गर्दै उनले सुनाए, ‘ आत्तिनुपर्ने केही कारण नै छैन । हामीले के गल्ति गरेका छौं र । हाइ स्पिरिटमा छौं । जीवनको पहिलो अनुभव पनि हो ।’

मिश्रले आन्दोलनका क्रममा भिडलाई उक्साएको भन्ने आरोपबारे पनि कुराकानी भएको थियो । उनले भने, ‘सरकारले छतछतबाट स्टेजमा आक्रमण गरेर शान्तिपूर्ण सभा विथोलेपिछ साथीहरुलाई एकत्रित गर्ने क्रममा पर नजानुस, अघि बढ्नुस भनेको हो । आन्दोलनकारीको नेताले अगाडि बढ्नुस भन्दा के आश्चर्यको कुरा भयो ? तर, हिंसा र तोडफोडलाई बढावा दिने काम हामीबाट कतै पनि भएको छैन ।’

अध्यक्ष लिङदेनले सरकारले राजनीतिक प्रतिसोध साँध्न खोजेको बताए । यसका विरुद्ध पार्टीको वैठकले कडा निर्णय लिने पनि उनले नेताद्वयलाई जानकारी गराएका थिए । त्यही बमोजिम हिजो राप्रपाले नेताहरुलाई रिहा गर्न २४ घन्टाको अल्टिमेटम दिएको छ । २४ घन्टाभित्र रिहा नगरिएको खण्डमा देशव्यापी आन्दोलन गर्ने राप्रपाले निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश