५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रवीन्द्र र धवललाई भेट्न प्रहरी परिसर टेकुमा राप्रपा अध्यक्ष लिङ्देन

१७ चैत्र २०८१, आईतवार १५:४५

काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले हिजो प्रहरी हिरासतमा पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा. धवलशम्शेर राणालाई भेटेका छन ।

राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङ, कोषाध्यक्ष निलकण्ठ पाठक, कार्यसम्पादन समिति सदस्य शरदराज पाठक लगायतको टोली लिएर लिङदेन प्रहरी परिसर टेकुमा पुगेका थिए । पार्टीको महत्वपूर्ण वैठक अगाडि उनीहरु नेताद्वय भेट्न पुगेका हुन् ।

प्रहरीले राप्रपा अध्यक्ष नेताहरुलाई बसेर भेट्ने व्यवस्था भने मिलाएन । अध्यक्ष लिङदेन र नेताहरुले उभिएरै कुराकानी गरेका थिए । लकअपभित्र बारको वारपार मिश्र र राणासँग एकैपटक कुराकानी भएको भेटमा सहभागी एक नेताले बताए । सो क्रममा प्रहरीका एसएसपी नै छेउमा उभिएर कुरा सुनेको उनको भनाइ छ । यसमा अध्यक्ष लिङदेन असन्तुष्ट बनेका थिए ।

‘हाम्रा नेताहरुले कुनै पनि अपराधिक कार्य गरेका होइनन्, उनीहरुलाई खुंखार अपराधिझैं व्यवहार गर्नु भएन,’ उनले भने, ‘पार्टीको उच्च नेतृत्व आउँदाखेरि गरिएको यो व्यवहारले हामीप्रति राज्यको दुर्भावना र प्रतिसोधपूर्ण व्यवहार झल्काएको छ ।’

नेताद्वयले भने खासै गुनासो गरेनन् । वरिष्ठ उपाध्यक्ष मिस्ले राति लाइन लागेर सुतिएको हाँस्दै बताएका थिए ।

‘उहाँहरु हताश देखिनुभएन, खासगरि रविन्द्र मिश्र उच्च मनोबलमा हुनुहुन्थ्यो,’ ती नेताले भने । आफूहरुले नआत्तिन आग्रह गर्दा मिश्रको जवाफ उद्धृत गर्दै उनले सुनाए, ‘ आत्तिनुपर्ने केही कारण नै छैन । हामीले के गल्ति गरेका छौं र । हाइ स्पिरिटमा छौं । जीवनको पहिलो अनुभव पनि हो ।’

मिश्रले आन्दोलनका क्रममा भिडलाई उक्साएको भन्ने आरोपबारे पनि कुराकानी भएको थियो । उनले भने, ‘सरकारले छतछतबाट स्टेजमा आक्रमण गरेर शान्तिपूर्ण सभा विथोलेपिछ साथीहरुलाई एकत्रित गर्ने क्रममा पर नजानुस, अघि बढ्नुस भनेको हो । आन्दोलनकारीको नेताले अगाडि बढ्नुस भन्दा के आश्चर्यको कुरा भयो ? तर, हिंसा र तोडफोडलाई बढावा दिने काम हामीबाट कतै पनि भएको छैन ।’

अध्यक्ष लिङदेनले सरकारले राजनीतिक प्रतिसोध साँध्न खोजेको बताए । यसका विरुद्ध पार्टीको वैठकले कडा निर्णय लिने पनि उनले नेताद्वयलाई जानकारी गराएका थिए । त्यही बमोजिम हिजो राप्रपाले नेताहरुलाई रिहा गर्न २४ घन्टाको अल्टिमेटम दिएको छ । २४ घन्टाभित्र रिहा नगरिएको खण्डमा देशव्यापी आन्दोलन गर्ने राप्रपाले निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता