२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महानगरको जरिवाना तिर्न राजावादीले चलाएको अभियानबाट चार लाख ५० हजार संकलन

२०८१, १७ चैत्र आईतवार १६:५४
काठमाडौँ | काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई तोकेको जरिवाना तिर्न राजावादीहरूले रकम संकलन अभियान चलाएका छन् । सामाजिक सञ्जालमा राजावादीलाई समर्थन गर्दै आएका पर्यटन प्रवर्द्धक रमेशराज बास्तोलाका अनुसार, हालसम्म चार लाख ५० हजार उठिसकेको छ ।

महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले आफ्नो अधिकार प्रयोग गरेको भन्दै उनलाई गाली नगर्न पनि बास्तोलाले आग्रह गरेका छन् । तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा तोडफोड र फोहोर गरेको आरोपमा महानगरले जरिवाना तिराउने निर्णय गरेको थियो ।

‘लौ म ५० हजार दिन तयार छु, अरु को हुनुहुन्छ, सबै मिलेर तिरौँ’ भन्दै अभियान सुरु गरेका थिए ।

शनिबार महानगरले विभिन्न ९ शीर्षकमा आटवटा पत्र काट्दै सात लाख ९३ हजार रुपैयाँ जरिवाना तोकेको थियो । सो पत्र लिएर आइतबार बिहान महानगरको नगरप्रहरी टोली निर्मल निवास पुगेको थियो । तर, निर्मल निवासले पत्र नबुझ्दा टोली गेटबाटै फर्किएको थियो । त्यसपछि महानगरले हुलाकमार्फत पत्र पठाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश