२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पहिलोपटक नेकपा एसको कार्यालय पुगे प्रधानमन्त्री ओली

२०८१, १८ चैत्र सोमबार १३:४४

काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओली पहिलोपटक आलोकनगरस्थित नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयमा पुगेका छन् ।

हिजो दिवंगत भएका नेकपा एस सम्वद्ध वरिष्ठ पत्रकार तथा लेखक कमल कोइरालालाई अन्तिम श्रद्धाञ्जली दिन प्रधानमन्त्री त्यहाँ पुगेका हुन् ।

प्रधानमन्त्री ओली पुग्दा नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल, महासचिव घनश्याम भुसाल लगायतका नेताहरू पनि थिए ।

ओलीले उनीहरूसँग केही बेर भलाकुसारी गरे । साथै, कार्यालयभित्र पसेर गत चैत १५ गते भएको आगजनीबाट पुगेको क्षतिको पनि अवलोकन गरेको कार्यालय सचिव रामकुमार भट्टराईले बताए । नेकपा एमालेलाई विभाजित गर्दै २०७८ भदौ २ गते नेकपा एस दर्ता भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश