५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रविन्द्र, धवल र दुर्गालाई सरकारले विदेश भ्रमणमा प्रतिबन्ध गर्नुको कारण

१८ चैत्र २०८१, सोमबार १४:५१

काठमाडौँ | राप्रपा बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धवल शमशेर राणा र दुर्गा प्रसाईंलाई सरकारले विदेश भ्रमणमा प्रतिबन्ध गरेको छ। मिश्र र राणा प्रहरी हिरासतमा छन्। उनीहरुको म्याद थपिएको छ।

गृहमन्त्रालयले राजावादीको हिंसात्मक आन्दोलनमा संलग्न जनकमाण्डर दुर्गा प्रसाईसहित राप्रपाका नेताहरूको विदेश यात्रामा प्रतिबन्ध लगाएको हो।

गृहमन्त्रालय उच्च स्रोतका अनुसार प्रसाई,राणा र मिश्रसहित राजावादीको हिंस्रक आन्दोलनमा सहभागी अन्य १० जनालाई समेत विदेशमा यात्रामा प्रतिबन्ध लगाइएको छ।

अनुसार गृहमन्त्रालयले  विदेश यात्रामा प्रतिबन्ध लगाइएकाहरूमाथि निगरानी गर्न सबै अध्यागमन कार्यालय र नाकाहरूमा परिपत्र गरिसकेको छ।

चैत १५ गते तीनकुनेमा राजावादी समर्थकको आन्दोलनमा अराजक गतिविधिमा संलग्न रहेको भनी अनुसन्धान जारी गरेको छ।

राजावादीहरूको हिंसात्मक प्रदर्शनमा परी एक पत्रकारसहित दुईजनाले ज्यान गुमाएका छन्।प्रहरीको गोली लागेर कीर्तिपुर नगरपालिका–४ का सविन महर्जन र राजावादी समर्थकबाट भएको आगजनीमा परी पत्रकार सुरेश रजकको मृत्यु भएको हो। रजक एभिन्युज टेलिभिजनका पत्रकार हुन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता