२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

क्वालालम्पुर नजिक ग्यासको पाइप पड्किँदा भीषण आगो लाग्यो

२०८१, १९ चैत्र मंगलवार १३:२१

एजेन्सी | मलेसियामा मंगलबार एउटा भयानक दुर्घटना भएको छ ।  क्वालालम्पुर बाहिर एक उपनगरमा भीषण आगलागी भएको हो । आगलागीको कारण ग्यास पाइपलाइन विस्फोट बताइएको छ । यसपछि मानिसहरू आत्तिएर यताउता भाग्न थाले । आगोका कारण वरपरका क्षेत्रका घरहरू खाली गर्नुपर्‍यो ।

मध्य सेलाङ्गोर राज्यको पुत्रा हाइट्समा रहेको ग्यास स्टेसन नजिकै लागेको आगो धेरै किलोमिटरसम्म देखिएको थियो । यस घटनामा ३३ जना घाइते भएको अधिकारीहरूले भनेका छन् । घाइतेमध्ये ६ जनालाई अस्पताल लगिएको छ । घरमा फसेका केही मानिसहरूको उद्धारकार्य जारी छ ।

सेलाङ्गोरबाट दर्जनौं अग्निनियन्त्रकहरूलाई घटनास्थलमा पठाइएको छ । विभागका निर्देशक वान मोहम्मद रजाली वान इस्माइललाई उद्धृत गर्दै समाचार एजेन्सीले रिपोर्ट गरेको छ कि घटनास्थलमा रहेका अग्निनियन्त्रकहरूले पाइपलाइन फुटेका कारण आगलागी भएको बताएका छन् ।

आगो र धुवाँको तस्बिर र भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । बिहान ८ः१० बजे यसको एउटा ग्यास पाइपलाइनमा विस्फोट भएपछि आगलागी भएको राष्ट्रिय तेल कम्पनी पेट्रोनासले एक विज्ञप्तिमा भनेको छ ।

प्रभावित पाइपलाइनलाई अलग गरिएको छ । आगलागी स्थल नजिकै रहेका तीनवटा ग्यास स्टेसनहरू प्रभावित भएका छैनन् । तर सावधानीका रूपमा अस्थायी रूपमा बन्द गरिएको छ । घटनाबारे छानबिन चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश