४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

क्वालालम्पुर नजिक ग्यासको पाइप पड्किँदा भीषण आगो लाग्यो

१९ चैत्र २०८१, मंगलवार १३:२१

एजेन्सी | मलेसियामा मंगलबार एउटा भयानक दुर्घटना भएको छ ।  क्वालालम्पुर बाहिर एक उपनगरमा भीषण आगलागी भएको हो । आगलागीको कारण ग्यास पाइपलाइन विस्फोट बताइएको छ । यसपछि मानिसहरू आत्तिएर यताउता भाग्न थाले । आगोका कारण वरपरका क्षेत्रका घरहरू खाली गर्नुपर्‍यो ।

मध्य सेलाङ्गोर राज्यको पुत्रा हाइट्समा रहेको ग्यास स्टेसन नजिकै लागेको आगो धेरै किलोमिटरसम्म देखिएको थियो । यस घटनामा ३३ जना घाइते भएको अधिकारीहरूले भनेका छन् । घाइतेमध्ये ६ जनालाई अस्पताल लगिएको छ । घरमा फसेका केही मानिसहरूको उद्धारकार्य जारी छ ।

सेलाङ्गोरबाट दर्जनौं अग्निनियन्त्रकहरूलाई घटनास्थलमा पठाइएको छ । विभागका निर्देशक वान मोहम्मद रजाली वान इस्माइललाई उद्धृत गर्दै समाचार एजेन्सीले रिपोर्ट गरेको छ कि घटनास्थलमा रहेका अग्निनियन्त्रकहरूले पाइपलाइन फुटेका कारण आगलागी भएको बताएका छन् ।

आगो र धुवाँको तस्बिर र भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । बिहान ८ः१० बजे यसको एउटा ग्यास पाइपलाइनमा विस्फोट भएपछि आगलागी भएको राष्ट्रिय तेल कम्पनी पेट्रोनासले एक विज्ञप्तिमा भनेको छ ।

प्रभावित पाइपलाइनलाई अलग गरिएको छ । आगलागी स्थल नजिकै रहेका तीनवटा ग्यास स्टेसनहरू प्रभावित भएका छैनन् । तर सावधानीका रूपमा अस्थायी रूपमा बन्द गरिएको छ । घटनाबारे छानबिन चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ