५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुर्गा प्रसाईंलाई माधव नेपालले भने– गाउँको हुल्लडबाज

१९ चैत्र २०८१, मंगलवार १३:४१

काठमाडौँ | नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेपालमा राजतन्त्र फर्कने कुनै सम्भावना नरहेको बताएका छन् । ‘गाउँको हुल्लडबाज’ले ल्याएर मान्छे जम्मा गर्दैमा त्यसलाई लोकप्रियवादी भन्न नसकिने उनले टिप्पणी गरे ।

राजावादीको आन्दोलनका ‘कमान्डर’ विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं तोकिएका छन् । यही चैत १५ गते काठमाडौंको तीनकुनेमा उनको नेतृत्वमा प्रदर्शनकारी हिंसामा उत्रिएका थिए । नेता नेपालले त्यही घटनालाई संकेत गरेका हुन् ।

मंगलबार (चैत १९) विराटनगर विमानस्थलमा सञ्चारकर्मीसित उनले भने, “मान्छे त जसले पनि भेला गर्न सक्छ, आन्दोलन हो भन्न सक्छ । तर, आवश्यकताअनुसारको मुद्दा बोकेको छ कि छैन भन्ने कुरा महत्त्वपूर्ण हो ।”

पार्टीको मोरङ जिल्ला अधिवेशन उद्घाटन गर्न उनी विराटनगर आएका हुन् । बर्खास्त भइसकेका राजा अब फर्कने कुनै सम्भावना नरहेको उनले उल्लेख गरे ।

“कि राजा भनेको त्याग, तपस्या र बलिदान गरेर आउने आदर्श व्यक्ति हुनुपर्छ, कुनै महात्मा वा साधु हुनुपर्छ,” उनले भने ।

गिरिजाप्रसाद कोइरालाले ‘बेबी किङ’ भनेको प्रसंगबारे उनले व्यंग्य गर्दै भने, “छोरालाई ल्याउनेहरूको नातिको दारी आएकै छैन, दारी आइसकेपछि थाहा होला ।” अध्यक्ष नेपालले वंशाणुगत राजतन्त्रको औचित्य सकिइसकेको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता