२०८२, २८ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तीनकुने घटनाबारे गृहमन्त्रीले जवाफ दिनुपर्ने सांसदहरूको माग

२०८१, २० चैत्र बुधबार १२:४७

काठमाडौँ | संसद्‌को राज्य व्यवस्था तथा सुशासन समितिमा सांसदहरूले तीनकुने घटनाबारे गृहमन्त्रीले जवाफ दिनुपर्ने माग राखेका छन् । बुधबार समितिको बैठकमा सांसदहरूले तीनकुने घटनाबारे सरकारको तर्फबाट जवाफ आउनुपर्ने बताएका हुन् ।

बैठकमा नेपाली कांग्रेसका सांसद हृदयराम थानीले प्रधानमन्त्री विदेश भ्रमणमा रहेकाले गृहमन्त्रीले जवाफ दिनुपर्ने माग राखे । “चैत १५ गतेकाे घटनाक्रममा गृहमन्त्री बाेलाऔँ । प्रधानमन्त्रीजी नै बाेलाउनुपर्ने हाे, उहाँ उता जानुभएकाे छ । गृहमन्त्रीजीलाई साेध्ने व्यवस्था मिलाऊँ,” उनले भने ।

कांग्रेस सांसद सरिता प्रसाईंले पनि तीनकुने घटनाबारे गृहमन्त्रीलाई बोलाउनुपर्ने माग राखिन् । “गृहमन्त्रीले संसद्‌मा जवाफ दिने कुरा थियाे । हिजाे सांसद दीपक बाेहाेराका कारण हुन सकेन । राज्य व्यवस्थामा बाेलाएर आज सरकारकाे धारणा लिनुपर्ने थियाे,” उनले भनिन् ।

कांग्रेस महामन्त्रीसमेत रहेका सांसद विश्वप्रकाश शर्माले पनि तीनकुने घटनाबारे राज्यको बुझाइ सार्वजनिक गर्नुपर्ने धारणा राखे । “राज्य व्यवस्था समितिकाे पहिलाे ऐजेन्डा नै १५ गतेकाे घटना थियाे । गृहमन्त्रीले जवाफ दिन अनुकूल मिलेन । राज्यकाे बुझाइ के हाे भएकाे के हाे बुझाउनुपर्ने हाे । चार हजार भिड राेक्ने क्षमता पनि नभएकाे राज्यकाे ?,” उनले प्रश्न गरे ।

नेकपा (एमाले)का सांसद राजेन्द्र कुमार राईले पनि गृहमन्त्रीले जवाफ दिनुपर्ने बताए ।

चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादीको प्रदर्शनले उग्ररूप लिएपछि दुई जनाको ज्यान गएको थियो । प्रदर्शनका क्रममा आगजनी तथा तोडफोडसमेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने खैरो हेरोइनसहित दुई युवक पक्राउ नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ सोविता गौतमको चुनाव खर्च विवरण सार्वजनिक काठमाडौँमा खाना पकाउने ग्यास अभाव निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता सुन चाँदीको मूल्य घट्यो यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न वायु प्रदूषणबाट सावधानी अपनाउन नेपाल प्रहरीको आग्रह रवि लामिछानेविरुद्धका मुद्दा फिर्ता विवादलाई पूर्ण इजलासमा पठाउन आदेश समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, रास्वपाको ५१ लाख ३९ हजार २३५ मत प्राप्त सुनको मूल्य बढ्यो, चाँदीको मूल्य स्थिर अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने