४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दुर्गा प्रसाईंको खोजीका लागि विशेष ब्यूरोले लियो कमाण्ड, नेपालभित्रै रहेको अनुमान

२० चैत्र २०८१, बुधबार १३:११

काठमाडौँ | शुक्रबारको राजावादी प्रदर्शनलगत्तै फरार रहेका उक्त प्रदर्शनका अगुवा दुर्गा प्रसाईंको खोजी गर्न नेपाल प्रहरीले नयाँ रणनीति अबलम्बन गरेको छ ।

प्रदर्शन भएकै राति प्रहरीले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलसमशेर राणा, अधिवक्ता भद्रप्रसाद (स्वागत) नेपालसहितलाई पक्राउ गरेको थियो ।

तर, सबैभन्दा पहिले खोजिएका प्रसाईं अझै पक्राउ परेका छैनन् । उनको खोजीका लागि नेपाल प्रहरीले एकद्वार प्रणालीको विकास गर्दै प्रधान कार्यालयस्थित विशेष व्युरोको कमाण्डबाट काम शुरु गरेको छ ।

प्रसाईं उपत्यकाभित्रै छन् वा छैनन् भन्नेसमेत खुलेको छैन । प्रहरीस्रोतका अनुसार अनुसन्धानकर्मीको ध्यान अन्यत्र मोड्नका लागि उनी भारत छिरेको हल्ला चलाइएको हुन सक्छ । उनी नेपालभित्रै रहेको प्रहरी अनुमान छ ।

प्रसाईंको खोजीका निम्ति केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) र उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोली परिचालित थियो । अपराध अनुसन्धान कार्यालयले उक्त प्रदर्शनका प्रायजसो अगुवासहित कोटेश्वरस्थित भाटभटेनी सुपरस्टोर लुटपाटमा संलग्न व्यक्तिहरु पक्राउ गरेर जिल्ला प्रहरी परिसर, काठमाडौंलाई बुझाइसकेको छ ।

तर, उक्त कार्यालयको टोलीले दुई दिनयता प्रसाईंको खोजी कार्य बन्द गरेको छ ।‘अब विशेष व्युरोले खोज्दैछ, आवश्यकताअनुसार खटिनुपर्ने गरी हामीलाई हाइअलर्टमा राखिएको छ’, अनुसन्धान कार्यालयका एक अधिकृतले बताए ।

केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) को टोली पनि प्रसाईंको खोजीमा थियो । तर, न्युन जनशक्ति र अनुसन्धान गरिनुपर्ने विषयको चापका कारण उसले पनि प्रसाईं खोजी गर्ने कामबाट हात झिकेको छ । बाहिरी युनिटहरु अन्य काममा व्यस्त भएपछि प्रहरी अनुसन्धानका जटिल विषयहरुको निरुपण गर्ने निकायका रुपमा रहेको विशेष व्युरोलाई सक्रिय बनाइएको केन्द्रीय प्रहरी स्रोतले जनायो ।

‘विशेष व्युरोले आवश्यकताअनुसार अन्य युनिटको मद्दत लिन पनि सक्छ, तर अहिले त्यहीँको जनशक्तिलाई सक्रिय बनाइएको छ’, स्रोतले बतायो । व्युरोको नेतृत्व डीआईजी सिद्धिविक्रम शाहले गरेका छन् । यसबारे उनले कुनै प्रतिक्रिया दिन चाहेनन् ।

अपराध अनुसन्धान कार्यालय स्रोतका अनुसार प्रसाईंको खोजीका क्रममा गरिएको सिसिटिभी फुटेज अध्ययनको निश्कर्ष, उनले चलाउने विभिन्न किसिमका इलेक्ट्रोनिक्स डिभाइसका आधारमा गरिएको अनुसन्धानबाट खुलेका तथ्य विशेष व्युरोलाई उपलब्ध गराइएको छ । त्यसो त त्यस्तो विषयको अनुसन्धान गर्न व्युरो आफैं सक्षम छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ