५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मञ्चमा ज्ञानेन्द्रको जत्रै दुर्गा प्रसाईंको फोटो देखेपछि टाप कसिहालेँ- राप्रपा उपाध्यक्ष तामाङ

२० चैत्र २०८१, बुधबार १६:०३

काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष बुद्धिमान तामाङले चैत १५ गतेको राजावादी प्रदर्शनमा दुर्गा प्रसाईं हाबी भएको बताएका छन् ।

बुधबार राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बल्दै उपाध्यक्ष तामाङले आन्दोलनलाई समर्थन गर्दा पार्टीबाट पनि गल्ती भएको टिप्पणी गरेका हुन् ।

उनले भने- ‘मञ्चतिर यसो हेर्दाखेरी त ज्ञानेन्द्र शाहको जत्रै दुर्गा प्रसाईंको फोटो देखेँ । त्यो देखेपछि यो त खत्तम रैछ भन्ने लाग्यो । अनि म फरक्क फर्केँ । म सिनामंगल आइपुग्दा त टियर ग्यास मञ्चमा हानिसकेको रहेछ । आन्दोलनलाई समर्थन गर्ने भनेरमात्र हुँदो रहेनछ । हाम्रोबाट अध्यक्ष जानुभएन, धेरैजना जानुभएन । मैले पनि यसो हेरेको दुर्गा प्रसाईंको फोटो देखेपछि टाप कसिहालेँ नि । फोटो देखेर डर लागिहाल्यो नि ।’

तामाङले तीनकुने घटनामा एक पक्षलाई मात्र दोष लगाइराखिएको बताउदै सत्यतथ्य पत्ता लगाउनुपर्ने बताए । उनले भने- ‘सत्य तथ्य पत्ता लगाउनुपर्‍यो । महामन्त्री र वरिष्ठ उपाध्यक्ष थुनामा हुनुहुन्छ । उहाँहरूलाई सबै दोषको जिम्मा लगाउने हो र ? न्यायिक जाँच हुनुपर्‍यो । जो दोषी छ त्यसलाई सजाय दिनुपर्‍यो ।’

उपाध्यक्ष तामाङले यस विषयको न्यायिक छानबिनको माग गर्दै गृहमन्त्री रमेश लेखकलाई भेट्न जान लागेको समेत बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता