५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौँ महानगरमा लफडा- कर्मचारी र नगर प्रहरी आमने सामने !

२१ चैत्र २०८१, बिहीबार १२:४४

काठमाडौँ | काठमाडौँ महानगरपालिकामा लफडा भएको छ ।

प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं कर्मचारीको सहयोगमा कार्यालय पुगेपनि कार्यकक्ष भित्र पस्नबाट भने रोकिएका छन् । उनको कार्यकक्षमा तल लगाइएको कारण ताला फोड्ने प्रयास भइरहेका बेला नगरप्रहरीले उनीहरुलाई रोकेको हो ।

अहिले कर्मचारीहरुले नगर प्रहरीलाई सम्झाइरहेका छन् भने नगर प्रहरीले मेयरको आदेश भन्दै गुरागाईलाई कार्यकक्षमा पस्न नदिने बताएका छ । नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले आफुहरुले आदेशको पालना गर्ने बताउदै गुरागाईलाई कार्यकक्षमा पस्न नदिने स्पष्ट आदेश रहेको बताएका छन् ।

कर्मचारीले ताला लगाएको गुरागाईको कार्यकक्षको ढोकाको सिसा फुटाइदिएका छन् ।यस अघि मेयर बालेन शाहको निर्देशनमा नगर प्रहरीले अवरोध गरेपनि कर्मचारीहरुले प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई उनको कार्यकक्ष बाहिरसम्म पुर्याएका थिए ।
गुरागाईं कार्यालय पुगेपछि नगर प्रहरीले उनलाई रोक्ने प्रयास गरेपनि ठुलो संख्यामा उपस्थित भएका कर्मचारीले नगर प्रहरीको अवरोधलाई छिचोल्दै गुरागाईलाई कार्यकक्ष बाहिरसम्म पुर्याएका थिए ।

लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत नहुदा महानगरका कर्मचारीको ३ देखि ५ महिनासम्मको तलब रोकिएपछि कर्मचारीले गुरागाईलाई कार्यालयमा लागेका हुन् । कर्मचारीहरुले अहिले गुरागाई दोषी साबित नभएकोले काम गर्न दिनुपर्ने र अनुसन्धानपछि दोषी देखिए कारवाही गर्नुपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता