२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौँ महानगरमा लफडा- कर्मचारी र नगर प्रहरी आमने सामने !

२०८१, २१ चैत्र बिहीबार १२:४४

काठमाडौँ | काठमाडौँ महानगरपालिकामा लफडा भएको छ ।

प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं कर्मचारीको सहयोगमा कार्यालय पुगेपनि कार्यकक्ष भित्र पस्नबाट भने रोकिएका छन् । उनको कार्यकक्षमा तल लगाइएको कारण ताला फोड्ने प्रयास भइरहेका बेला नगरप्रहरीले उनीहरुलाई रोकेको हो ।

अहिले कर्मचारीहरुले नगर प्रहरीलाई सम्झाइरहेका छन् भने नगर प्रहरीले मेयरको आदेश भन्दै गुरागाईलाई कार्यकक्षमा पस्न नदिने बताएका छ । नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले आफुहरुले आदेशको पालना गर्ने बताउदै गुरागाईलाई कार्यकक्षमा पस्न नदिने स्पष्ट आदेश रहेको बताएका छन् ।

कर्मचारीले ताला लगाएको गुरागाईको कार्यकक्षको ढोकाको सिसा फुटाइदिएका छन् ।यस अघि मेयर बालेन शाहको निर्देशनमा नगर प्रहरीले अवरोध गरेपनि कर्मचारीहरुले प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई उनको कार्यकक्ष बाहिरसम्म पुर्याएका थिए ।
गुरागाईं कार्यालय पुगेपछि नगर प्रहरीले उनलाई रोक्ने प्रयास गरेपनि ठुलो संख्यामा उपस्थित भएका कर्मचारीले नगर प्रहरीको अवरोधलाई छिचोल्दै गुरागाईलाई कार्यकक्ष बाहिरसम्म पुर्याएका थिए ।

लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत नहुदा महानगरका कर्मचारीको ३ देखि ५ महिनासम्मको तलब रोकिएपछि कर्मचारीले गुरागाईलाई कार्यालयमा लागेका हुन् । कर्मचारीहरुले अहिले गुरागाई दोषी साबित नभएकोले काम गर्न दिनुपर्ने र अनुसन्धानपछि दोषी देखिए कारवाही गर्नुपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश