४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

संविधान विरोधी गतिविधि गर्न कसैलाई छुट छैन: सञ्चारमन्त्री गुरुङ

२१ चैत्र २०८१, बिहीबार २३:३०

वालिङ (स्याङ्जा) | सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले संविधानमाथि आँच आउने गरी गतिविधि गर्न कसैलाई छुट नभएको बताउनुभएको छ ।

स्याङ्जाको वालिङ नगरपालिका–१३ उदियाचौरस्थित सरस्वती माध्यमिक विद्यालयको स्वर्ण महोत्सव समारोहलाई सम्बोधन गर्दै सञ्चारमन्त्री गुरुङले गणतन्त्र तथा संविधान विरोधी गतिविधि गर्ने छुट कोहीलाई पनि नभएको बताउनुभयो । हिंसात्मक गतिविधि, लुटपाट, आगजनी तथा शान्तिसुरक्षा खलल पार्नेगरी संविधान विरोधी गतिविधि गर्नेलाई राज्यद्रोहको मुद्दा लगाउन सकिने उहाँले बताउनुभयो ।

“गणतन्त्रको युगमा राजतन्त्र खोज्नु बिजुलीको युगमा अगुल्टो खोज्नु जस्तै हो”, सञ्चारमन्त्री गुरुङले भन्नुभयो, “अहिले देश धेरै अगाडि गइसकेको छ, अब पछाडि फर्किन सम्भव छैन, राजतन्त्र आउने कुरा कल्पना बाहिरको कुरा हो ।”

नागरिकले राजनीतिक दलहरुबाट गरेका आशा तथा अपेक्षा चाहेअनुरुप पूरा हुन नसके पनि गणतन्त्रपश्चात् विकासले धेरै फड्को मारेको सञ्चारमन्त्री गुरुङको भनाइ थियो । मुर्खहरु मात्रै निरकुंश राजतन्त्र ल्याउनुपर्छ भनेर लाग्ने गरेको उल्लेख गर्दै उहाँले सज्जनले यस्तो कुरा उठाउनै नसक्ने बताउनुभयो ।

“राजतन्त्र त्यो दिन सक्कियो जुन दिन नारायणहिटी दरबार हत्याकाण्ड भएको थियो”, उहाँले भन्नुभयो ।

स्वर्णमहोत्सव समारोहमा पूर्वमन्त्री पद्माकुमारी अर्यालले नेपाली समाज धेरै अगाडि बढिसकेकाले अब पछाडि नफर्किने बताउनुभयो । उहाँले भन्नुभयो, “हल्लाका पछि कोही पनि नजाउ, हल्लाले बिगार्छ ।”

कार्यक्रममा पूर्वमन्त्री जगत् विश्वकर्मासमेत उपस्थित हुनुहुन्थ्यो । विसं २०३२ मा स्थापना भएको उक्त विद्यालयमा कक्षा १२ सम्म पठनपाठन हुँदै आएको छ । यहाँ छात्रबास सञ्चालनको समेत तयारी भइरहेको छ ।

स्वर्णमहोत्सवका अवसरमा जग्गादाता, चन्दादाता, पूर्वप्रधानाध्यापक तथा शिक्षक शिक्षिकाहरु, विद्यार्थीलगायतलाई सम्मान गरिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ