४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

रास्वपाको चितवनमा हुने ‘जनयात्रा उद्घाटन’ नरोकिने, नेताहरु चितवन जाँदै

२३ चैत्र २०८१, शनिबार ००:५६

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज शनिबार चितवनमा हुने भनेको ‘जनयात्रा उद्घाटन’ कार्यक्रम यथावत हुने जानकारी दिएको छ । शुक्रबार बेलुका सभापति रवि लामिछाने पक्राउ परेपछि बसेको रास्वपा नेताहरुको आकस्मिक बैठकले जनयात्रा कार्यक्रम यथावत गर्ने तय गरेको हो ।

सभापति लामिछानेले पक्राउ पर्नु अघि ‘जनयात्रा उद्घाटन’ कार्यक्रममा आफूले धेरै कुरा भन्ने उद्घोष गरेका गरेका थिए । उनले सरकार ढल्नुको कारणबारे धेरै कुरा बोल्ने बताएका थिए । “चितवनले मेरो लागि धेरै सह्यो, अब म त्यहाँ गएर सत्य सुनाउनेछु। मैले हिरासतमा बिताएका ८४ दिनको अनुभव र सरकारको नियत पनि खुलस्त पार्नेछु।” उनले भनेका थिए।

उनको पक्राउपछि कार्यक्रमको नेतृत्व उपसभापति डोल प्रसाद अर्यालले गर्नेछन् । कार्यक्रममा उपसभापति अर्याल सहित केन्द्रिय सदस्य लगायतले सम्बोधन गर्ने तय भएको छ ।

यसै सम्बन्धमा जिल्ला पार्टी चितवनले समेत जनयात्रा कार्यक्रम यथावत् रहने भन्दै सबैको सक्रिय उपस्थितिको लागि आव्हान गरेको छ । भरतपुर– १० को गेष्ट हाउस चौरमा शनिबार दिउँसो २ बजे जनयात्रा उद्घाटनको कार्यक्रम हुने तय भएको सूचित गर्दै नेता तथा शुभचिन्तकसबैलाई सर्कुलेसननै जारी गरिएको छ ।

रास्वपाको जनयात्रा के हुन्छ भन्दै अन्यौलमा बसेकाहरुलाई नेताहरुले कार्यक्रम स्थगित नहुने सर्कुलेसन गरेपछि त्यसैको लागि भन्दै मध्यरातिनै धेरै नेताहरु चितवन जाँदै रहेको जानकारी प्राप्त भएको छ । शनिबारको कार्यक्रमको लागि सबै तयारी पुरा भईसकेको अवस्थामा सभापति पक्राउ परेपनि कार्यक्रम यथावत रहने बताइएको छ ।

यस अघि मोटरसाइकल र्यालीको समेत कार्यक्रम तय भएकोमा शनिबारको कार्यक्रममा मोटरसाइकल र्याली भने नहुने भएको छ । यस बाहेक अन्य कार्यक्रम यथावत रहने जानकारी गराइएको छ । शनिबारको कार्यक्रम भव्य बनाउन रास्वपाले यसअघिनै आव्हान गरिसकेको छ ।

रास्वपा नेता बिराज भक्त श्रेष्ठले सामाजिक सञ्जालमार्फत यो अभियान भ्रष्टाचार, कुशासन र अन्यायविरुद्ध गाउँ–गाउँ र बस्ती–बस्तीमा पुग्ने उद्देश्यले सुरु गर्न लागिएको बताएका छन्। रास्वपाको केन्द्रीय समितिले गत चैत १८ गते ‘जनयात्रा’ लाई अनुमोदन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता