४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रास्वपाले रविको मानवअधिकार हनन भएको भन्दै आयोगमा गुहार्‍यो

२७ चैत्र २०८१, बुधबार १३:१७

काठमाडौँ | सहकारी ठगी मुद्दामा भैरहवा कारागारमा रहेका सभापति रवि लामिछाने पक्राउ प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रिय मानवअधिकार आयोग गुहारेको छ ।गत चैत २२ गते राति साढे ७ बजे काठमाडौँस्थित निवासबाटै प्रहरीले पक्राउ गर्ने क्रममा लामिछानेको वैयक्तिक स्वतन्त्रताको गम्भीर हनन गरेको भन्दै रास्वपाले बुधबार आयोगमा निवेदन दिएको हो ।

‘सभापति रवि लामिछानेमाथि भएको मानवअधिकार हननको विषयमा राष्ट्रिय मानवअधिकार आयोगमा निवेदन दिएका छौँ’,रास्वपाका कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले भने, ‘देशमा मानवअधिकारको पूर्ण प्रत्याभूति हुन सकोस् भनेर आएका हौँ ।’

उनले सभापति लामिछानेलाई पक्राउका नाममा राज्यले गम्भीर मानवअधिकार हनन गरेको पनि बताएका छन् ।‘यही विषयमा हाम्रो सभापति रवि लामिछानेमाथि मानवअधिकार हननको विषयमा छानबिन भइ आवश्यक कारबाही होस् भनेर निवेदन दिएका छौँ’, उनले भने, ‘केन्द्रीय र प्रदेश सांसद पनि पुल्चोक पुगेका छौँ । मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले यसबारेमा छानबिन हुन्छ, दोषीलाई कारबाही गर्छौँ भन्ने प्रतिबद्धता जनाउनु भएको छ ।’

बुर्लाकोटीका अनुसार चैत २२ गते राति ७.२७ मा लामिछानेको निवासमा गैरकानुनी रुपमा छिरेर प्रहरीले सम्मानपूर्वक बाँच्न पाउने, न्यायपूर्वक कुरा राख्न पाउने अधिकार खोस्दै हुलहुज्जत गरेको थियो ।‘प्रहरीले उच्च अदालत तुलसीपुरको बुटवल इजलासबाट जारी आदेशको प्रति नआउँदै लामिछानेको वैयक्ति अधिकारको रुपमा चीरणहरण गर्ने काम गरेको छ’, उनले भने, ‘आदेश कार्यान्वयन गर्ने अदालतको पत्र नै नआएको अवस्थामा प्रहरी शयन कक्षमै पुगी अनावश्यक धरपकड गरेको थियो ।’

प्रहरीको उक्त कार्यले मानवअधिकारको गम्भीर उल्लंघन भएकाले कारबाही माग गरिएको बुर्लाकोटीले बताए । ‘अदालतबाट आदेश प्रमाणित हुन नपाउँदै ७ बजेर २७ मिनेटमा प्रहरी लामिछानेको निवासमा छिरेको थियो । अदालतबाट प्रमाणित आदेश राति ८ बजे मात्रै आएको थियो । उहाँमाथि अस्वभाविक, अशोभनीय र गैरकानुनी हर्कत गरियो ।’बुर्लाकोटीले पक्राउ पुर्जीबिना पुगेका प्रहरीको व्यवहारले मानवअधिकार उलंघन भएको जनाएका छन् । उनले प्रहरीले रविलाई अन्तिम इच्छा के भनेर जल्लादको भाषामा सोधेको भन्दै यसमा पनि आयोगको ध्यानाकर्षण गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’