लोकेन्द्र प्रशाद जोशी/साउन २३, दार्चुला । जिल्ला समन्वय समिति दार्चुलामा नेपाली काग्रेश र नेकपा माओबादी केन्द्रको प्यानल निर्विरोध निर्वा्चित भएको छ । समन्व"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

लोकेन्द्र प्रशाद जोशी/साउन २३, दार्चुला । जिल्ला समन्वय समिति दार्चुलामा नेपाली काग्रेश र नेकपा माओबादी केन्द्रको प्यानल निर्विरोध निर्वा्चित भएको छ । समन्व"/>

२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

जिसस दार्चुलामा कांग्रेस-माओबादी गठबन्धका कार्की निर्बिरोध

२३ श्रावण २०७४, सोमबार १२:४८


लोकेन्द्र प्रशाद जोशी/साउन २३, दार्चुला । जिल्ला समन्वय समिति दार्चुलामा नेपाली काग्रेश र नेकपा माओबादी केन्द्रको प्यानल निर्विरोध निर्वा्चित भएको छ । समन्वय समितिको प्रमुख सहित ५ जना नेपाली काग्रेशका र उपप्रमुखसहित ४ जना नेकपा माओबादी केन्द्रका उम्मेदवार निर्वा्चित भएका हुन ।

जिल्ला समन्वय समिति दार्चुलाको निर्बाचन कार्यक्रम अनुसार सोमबार बिहान १० बजेदेखी बेलुकी ४ बजेसम्म मनोनयन दर्ताको समय दिइएकोमा गठबन्धनका उम्मेदबार बाहेक अन्य दलको उम्मेदबारीनै नपरेको मुख्य निर्बाचन अधिकृत कार्यालय दार्चुलाले जनाएको छ ।

समन्वय समितिको प्रमुखमा नेपाली काग्रेशका उम्मेदबार करबिर सिह कार्की र उपप्रमुखमा नेकपा माओबादी केन्द्रका कृष्ण सिह धामीले मनोनयन दर्ता गरेका छन ।

यस्तै महिला सदस्यमा नेकपा माओबादी केन्द्रको तर्फबाट पारभति सिह र नेपाली काग्रेशको तर्फबाट भबि देबी मौर र दमयन्ती लोथ्याल रहेका छन ।

दलीत वा अल्पसंख्यक सदस्यमा नेपाली कागे्रशको तर्फबाट उम्मेदबार रहेका सन्तोष दयाली निर्बाचित भएका छन ।


यस्तै खुला सदस्यमा नेकपा माओबादी केन्द्रका उदय सिह डडाल र बिरसिह कार्की र नेपाली काग्रेशको तर्फबाट उम्मेदबार बनेका जयराज बिष्ट निर्बाचित भएका छन ।

यसअघि जिल्ला समन्वय समिति प्रमुख १ जना, उपप्रमुख १ जना, दलीत वा अल्पसंख्यक सदस्य १ जना, महिला सदस्य ३ जना र खुला सदस्य ३ जना गरी ९ पदको निर्बाचनकालागी मुख्य निर्बाचन अधिकृत कार्यालयले सुचना प्रकासन गरी समय तोकेको थियो ।

मनोनयन दर्ताको निर्धारीत समयभित्र उम्मेदबारी परेका ९ जनाको मात्रै सुचि प्रकास गरीने र उम्मेदबारहरुमाथी दाबि बिरोधको उजुरी नपरेमा औपचारीक रुपमा निर्बिरोध निर्बाचित भएको घोषणा गरीने मुख्य निर्बाचन अधिकृत कार्यालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला