लोकेन्द्र प्रशाद जोशी/साउन २३, दार्चुला । जिल्ला समन्वय समिति दार्चुलामा नेपाली काग्रेश र नेकपा माओबादी केन्द्रको प्यानल निर्विरोध निर्वा्चित भएको छ । समन्व"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

लोकेन्द्र प्रशाद जोशी/साउन २३, दार्चुला । जिल्ला समन्वय समिति दार्चुलामा नेपाली काग्रेश र नेकपा माओबादी केन्द्रको प्यानल निर्विरोध निर्वा्चित भएको छ । समन्व"/>

२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

जिसस दार्चुलामा कांग्रेस-माओबादी गठबन्धका कार्की निर्बिरोध

२०७४, २३ श्रावण सोमबार १२:४८


लोकेन्द्र प्रशाद जोशी/साउन २३, दार्चुला । जिल्ला समन्वय समिति दार्चुलामा नेपाली काग्रेश र नेकपा माओबादी केन्द्रको प्यानल निर्विरोध निर्वा्चित भएको छ । समन्वय समितिको प्रमुख सहित ५ जना नेपाली काग्रेशका र उपप्रमुखसहित ४ जना नेकपा माओबादी केन्द्रका उम्मेदवार निर्वा्चित भएका हुन ।

जिल्ला समन्वय समिति दार्चुलाको निर्बाचन कार्यक्रम अनुसार सोमबार बिहान १० बजेदेखी बेलुकी ४ बजेसम्म मनोनयन दर्ताको समय दिइएकोमा गठबन्धनका उम्मेदबार बाहेक अन्य दलको उम्मेदबारीनै नपरेको मुख्य निर्बाचन अधिकृत कार्यालय दार्चुलाले जनाएको छ ।

समन्वय समितिको प्रमुखमा नेपाली काग्रेशका उम्मेदबार करबिर सिह कार्की र उपप्रमुखमा नेकपा माओबादी केन्द्रका कृष्ण सिह धामीले मनोनयन दर्ता गरेका छन ।

यस्तै महिला सदस्यमा नेकपा माओबादी केन्द्रको तर्फबाट पारभति सिह र नेपाली काग्रेशको तर्फबाट भबि देबी मौर र दमयन्ती लोथ्याल रहेका छन ।

दलीत वा अल्पसंख्यक सदस्यमा नेपाली कागे्रशको तर्फबाट उम्मेदबार रहेका सन्तोष दयाली निर्बाचित भएका छन ।


यस्तै खुला सदस्यमा नेकपा माओबादी केन्द्रका उदय सिह डडाल र बिरसिह कार्की र नेपाली काग्रेशको तर्फबाट उम्मेदबार बनेका जयराज बिष्ट निर्बाचित भएका छन ।

यसअघि जिल्ला समन्वय समिति प्रमुख १ जना, उपप्रमुख १ जना, दलीत वा अल्पसंख्यक सदस्य १ जना, महिला सदस्य ३ जना र खुला सदस्य ३ जना गरी ९ पदको निर्बाचनकालागी मुख्य निर्बाचन अधिकृत कार्यालयले सुचना प्रकासन गरी समय तोकेको थियो ।

मनोनयन दर्ताको निर्धारीत समयभित्र उम्मेदबारी परेका ९ जनाको मात्रै सुचि प्रकास गरीने र उम्मेदबारहरुमाथी दाबि बिरोधको उजुरी नपरेमा औपचारीक रुपमा निर्बिरोध निर्बाचित भएको घोषणा गरीने मुख्य निर्बाचन अधिकृत कार्यालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी