२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

नेपाल–भारत सीमाबाट चार जना चिनियाँ नागरिक पक्राउ

२०८२, २५ बैशाख बिहीबार १२:४८

काठमाडौँ । भारत र पाकिस्तानबीच तनाव बढ्दै जाँदा नेपाल–भारत सीमाबाट चार जना चिनियाँ नागरिक पक्राउ परेका छन् । भारतीय सीमा सुरक्षा बल एसएसबीले रक्सौलको मैत्री पुलबाट चार जना चिनियाँ नागरिक पक्राउ गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

पक्राउ परेका चिनियाँ नागरिकमा कि जुन, लेई योङ्गहाई, हे क्वेङ्गसेङ्ग र हाउङ्ग लिमिन रहेको दाबी गरिएको छ ।

आज तकका अनुसार अवैध रुपमा भारत प्रवेश गर्न खोजेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेका चिनियाँहरुले नेपाली, अंग्रेजी, हिन्दी र चिनियाँ भाषा बोल्ने गरेको जनाइएको छ । उनीहरुले आफ्नो बयान बारम्बार बदलिरहेको आज तकले उल्लेख गरेको छ ।

सुरक्षा स्रोतलाई उद्धृत गर्दै समाचारमा जनाइएअनुसार उनीहरुको सम्बन्ध पाकिस्तानसँग रहेको संकेत मिलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको भारतीय सुरक्षा स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए