२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

लोअडेड बन्दुकसहित दुई जना पक्राउ

२४ जेष्ठ २०८२, शुक्रबार १२:३३

काठमाडौँ । अवैध हतियार राखेको सूचनाका आधारमा प्रहरीले मोरङको केराबारी गाउँपालिका–६ तामाङ टोलबाट दुई जनालाई भरुवा बन्दुकसहित पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय केराबारीका प्रहरी नायव निरीक्षक (सई) मानबहादुर जिम्बाको नेतृत्वमा खटिएको टोलीले बिहीबार राति करिब १०:३० बजे केराबारी–६ निवासी धनबहादुर श्रेष्ठको घरमा छापा मारेको थियो।

प्रहरीका अनुसार घरको पश्चिमतर्फको कोठामा तन्नाले छोपेर लुकाइएको अवस्थामा एक नाल लोअडेड बन्दुक बरामद गरिएको हो। उक्त हतियार फेला परेपछि प्रहरीले श्रेष्ठका २६ वर्षीय छोरा गणेश श्रेष्ठ र स्थानीय ३२ वर्षीय सन्तवीर तामाङलाई नियन्त्रणमा लिएको छ।

पक्राउ परेका दुवैजनामाथि प्रारम्भिक अनुसन्धान सुरु गरिएको छ भने उनीहरूलाई इलाका प्रहरी कार्यालय बेलबारीमा राखिएको छ। प्रहरीले हातहतियार तथा खरखजाना (नियन्त्रण) ऐनअनुसार कानुनी कारबाही प्रक्रिया अघि बढाइरहेको जनाएको छ।

प्रहरीको प्रारम्भिक अनुमान अनुसार बरामद गरिएको उक्त बन्दुक वन्यजन्तु सिकार जस्ता गैरकानुनी गतिविधिमा प्रयोग गरिएको हुनसक्ने आशंका गरिएको छ। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…