भदौ १२, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल र भारतको सम्बन्धलाई थप फराकिलो र सुदृढ बनाउन आफ्नो भारत भ्रमण सफल भएको बताउनुभएको छ । 

व"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ १२, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल र भारतको सम्बन्धलाई थप फराकिलो र सुदृढ बनाउन आफ्नो भारत भ्रमण सफल भएको बताउनुभएको छ । 

व"/>

२०८३, २२ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारत भ्रमणबारे गलत टिप्पणी नगर्न प्रधानमन्त्रीको आग्रह

२०७४, १२ भाद्र सोमबार ११:०५


भदौ १२, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल र भारतको सम्बन्धलाई थप फराकिलो र सुदृढ बनाउन आफ्नो भारत भ्रमण सफल भएको बताउनुभएको छ । 

व्यवस्थापिका–संसद्को आजको बैठकमा आफ्नो राजकीय भारत भ्रमणका बारेमा जानकारी गराउँदै उहाँले सीमा क्षेत्रमा हुने बाढी तथा डुबानको समस्या समाधानका लागि आफूले आफ्ना समकक्षीसँग प्रष्टरुपमा विषयवस्तु राखेको र समाधान हुने विश्वाससमेत पैदा भएको बताउनुभयो । 

पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) आगामी एक महिनाभित्र सम्पन्न गर्ने गरी भारतीय समकक्षीसँग कुराकानी भएको उल्लेख गर्दै उहाँले ऊर्जा व्यापार सम्झौताको मर्म र भावनाअनुसार नै मुलुकमा ऊर्जा उत्पादनलाई बढवा दिने र प्रसारणलाइन निर्माण गर्ने सन्दर्भमा सहमति भएको जानकारी गराउनुभयो । 

प्रधानमन्त्री देउवाले आर्थिक विकास र नेपालमा लगानीका लागि आफूले भारतीय पक्षसँग कुरा गरेको, पर्यटन क्षेत्रको विकास तथा विस्तार, निजगढ विमानस्थल निर्माण तथा नयाँ १३२ केभी क्षमताको प्रसारण लाइन निर्माणमा समेत सहमति भएको बताउनुभयो । 

कुशाहा कटैया, रक्सौल परवानीपुर प्रसारण लाइनको उद्घाटन गरिएको र आगामी हिउँदमा नेपालको ऊर्जा मागलाई सम्बोधन गर्न मार्ग प्रशस्त गरिएको जानकारी दिँदै उहाँले भन्नुभयो – “आठवटा विभिन्न विषयमा समझदारी भएको छ ।” 

प्रधानमन्त्री देउवाले थप नयाँ स्थानमा प्रसारण लाइन निर्माणलाई समेत अगाडि बढाइने सहमति भएको बताउँदै नेपालको सामाजिक आर्थिक विकासका लागि ऊर्जा र पर्यटन क्षेत्रको विकास, ठूला आयोजना अगाडि बढाउने र त्यसको कार्यान्वयनमा जोड दिनेतर्फ नेपाल र भारत सहमत भएको जानकारी दिनुभयो । 

यस्तै माथिल्लो कर्णाली, अरुण तेस्रोजस्ता जलविद्युत् आयोजना अगाडि बढाउने सन्दर्भमा समेत महत्वपूर्ण छलफल भएको बताउँदै उहाँले ठूला र महत्वपूर्ण आयोजना क्रमशः अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो । 

प्रधानमन्त्री देउवाले मेची पुल निर्माण, सुदूरपश्चिम र पश्चिमाञ्चल क्षेत्रका विभिन्न विकास आयोजना तथा अन्य ठूला आयोजना, व्यापार विविधिकरणलगायतका विषयमा समेत सहमति भएको पनि बताउनुभयो ।  

संविधान निर्माण र कार्यान्वयन गर्ने विषय नेपालको आन्तरिक विषय रहेको र यसमा अरुको चासो रहनुपर्ने विषय नभएको भन्दै उहाँले आफूसँग जोडिएर गरिएको प्रचार र टिप्पणीप्रति आफ्नो ध्यानाकर्षण भएको स्पष्ट पार्नुभयो । 

प्रधानमन्त्री देउवाले मुलुकको आन्तरिक विषयमा आफूले केही पनि उल्लेख नगरेको भन्दै गलत टिप्पणी नगर्नसमेत सम्बन्धित पक्षलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “नेपालको आन्तरिक विषय र संविधानका बारेमा कुनै पनि सम्झौता हुन सक्दैन, अनावश्यक टिप्पणीको अर्थ रहँदैन ।” 

संविधानप्रति रहेको असन्तुष्टिलाई सम्बोधन गरी यसको सर्वस्वीकार्य बढाउने प्रयास अझै पनि जारी रहेको स्पष्ट पार्दै प्रधानमन्त्री देउवाले नेपालको लोकतन्त्र र शान्ति प्रक्रिया विशिष्ट तवरले अगाडि बढिरहेको जानकारी गराउनुभयो । 

उहाँले आफ्नो भ्रमणले दुई देशबीचको सम्बन्धलाई अगाडि बढाउन सफल भएको र त्यसले नेपाललाई दीर्घकालीनरुपमा लाभ प्राप्त हुने बताउनुभयो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा यही भदौ ७ देखि ११ गतेसम्म प्रधानमन्त्री देउवाले भारतको राजकीय भ्रमण गर्नुभएको थियो । 

प्रधानमन्त्रीका रुपमा उहाँको यो चौथो भ्रमण हो । पछिल्लोपटक उहाँको नेतृत्वमा सरकार गठन भएपछिको भने यो पहिलो विदेश भ्रमण हो । प्रधानमन्त्रीले आफूलाई भारत सरकारले राजकीय भ्रमणको सम्मान दिएको र राष्ट्रपति भवनमा आवासको व्यवस्था गरेको समेत सदनलाई जानकारी गराउनुभयो । 

हालै सम्पन्न स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा भारतीय प्रधानमन्त्री र नेताहरुले आफू र आफू नेतृत्वको प्रतिनिधिमण्डललाई बधाई दिएको समेत प्रधानमन्त्रीले स्पष्ट पार्नुभयो । 

भ्रमणपूर्व आफूले पूर्व प्रधानमन्त्री, सरोकार भएकाहरुसँग र निजी क्षेत्रसँग पनि छलफल गरेको भन्दै आफ्नो भ्रमण सफल भएको उहाँले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बीपी राजमार्गमा राति सवारी चलाउन रोक विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गर्ने तीन जनालाई पक्राउ सुकुम्बासी बस्ती खाली गराउँदाको विवरण झिकाउन सर्वोच्चको आदेश वैशाख २८ गते संसद् अधिवेशन आह्वान गर्न सिफारिस मन्त्रिपरिषद् बैठक जारी राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी वर्षाका करण पहिरो खस्दा देशका विभिन्न क्षेत्रका मुख्य राजमार्ग अवरुद्ध नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु बागमती खोला तर्ने क्रममा अचानक आएको भेलले बगाउँदा एक जनाको मृत्यु सुनचाँदीको मूल्य घट्यो कांग्रेसले संसद् समन्वय बोर्डको प्रथम बैठक बोलायो टिपरले ठक्कर दिँदा एक भारतीय नागरिकको मृत्यु नागढुंगा सुरुङमार्ग साउन दोस्रो हप्तादेखि सञ्चालनमा ल्याउन निर्देशन नेप्से परिसूचक ३४ अंकले घट्यो यो देश गरिबको पनि हो: हर्कराज राई अब केही समयमा बागमती र मधेश प्रदेशसम्म पानी पर्ने ट्याक्टर अनियन्त्रित भइ ठक्कर दिँदा दुई जनाको मृत्यु जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ रोजगारी सिर्जना र अर्थतन्त्रको दायरा फराकिलो बनाउन निजी क्षेत्र नै सबैभन्दा महत्त्वपूर्ण खम्बा हो: अर्थमन्त्री वाग्ले