2026-07-02 12:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमालेलाई मधेसबाट बढार्ने भन्दै कूचो लिएर निस्किएपछी…


भदौ १३, जनकपुर । जनकपुरको पिडारीचोकमा मदेशबाट एमाले बढार्ने भन्दै कुचोसहित बोकेर उत्रिएका राजपा नेता तथा कार्यकर्ता र प्रहरीबिच झडप भएको छ ।

एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको प्रमुख आतिथ्यमा हुन लागेको भेला अगाडि राजपाले एमाले मधेश विरोधी पार्टी भएको भन्दै विरोधमा उत्रिएपछि प्रहरीसँग झडप भएको हो । झडपको क्रममा प्रहरीको लाठी प्रहारबाट राजपाका ६ जना कार्यकर्ता घाइते भएका छन् ।  

रामानन्द चोकमा भेला भएका राजपा कार्यकर्ताले कालोझण्डा देखाउँदै एमालेको कार्यक्रम स्थलमै ढुंगा प्रहार गरेका थिए । तर आठ दश जनाको संख्यामा रहेका उनीहरुलाई प्रहरीले तितरबितर पारेको थियो ।  

एमालेलाई मधेस बिरोधी भन्दै राजपा कार्यकर्ताले कालोझण्डा देखाएर नेपालको जनकपुर भ्रमणको बिरोध गरेका हुन् । 

कार्यकर्ता भेलामा माधव नेपाल, गोकर्ण विष्ट, शत्रुघन महतो लगायतका नेताहरु सहभागी छन् । २ नम्बर प्रदेशको चुनावलाई लक्षित गरेर एमालेले अगुवा कार्यकर्ता भेला आयोजना गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोला किनारमा मृत अवस्थामा फेला रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे सपथ ग्रहण पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक रास्वपाका निर्वाचित केन्द्रीय सदस्यको शपथग्रहण हुँदै सुनचाँदीको मूल्यमा गिरावट नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा साउदी अरबमा सजाय भोगिरहेका ३३ नेपालीले पाए आममाफी विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउन आदेश सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ: सञ्चारमन्त्री तिमिल्सिना