भदौ १७, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रदेश नं २ मा तिनै तहको निर्वाचनमा एमालेलाई विजयी गराउने गरी निर्वाचनमा लाग्न कार्यकर्तालाई निर्देशन दि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १७, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रदेश नं २ मा तिनै तहको निर्वाचनमा एमालेलाई विजयी गराउने गरी निर्वाचनमा लाग्न कार्यकर्तालाई निर्देशन दि"/>
2026-07-02 12:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमालेसँग एक्लै निर्वाचन लड्ने क्षमता अरु दलसँग छैन: ओली

2017-09-02

भदौ १७, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रदेश नं २ मा तिनै तहको निर्वाचनमा एमालेलाई विजयी गराउने गरी निर्वाचनमा लाग्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ । 

स्थानीय तहअन्तर्गत प्रदेश नं २ मा हुन लागेको तेस्रो चरणको निर्वाचनको पूर्वसन्ध्यामा आज यहाँ आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले स्थानीय, प्रदेश र प्रतिनिधिसभाको निर्वाचन एमालेले जित्नुपर्ने बताउनुभयो । “नेकपा (एमाले) ले प्रदेश नं २ मा बहुमत ल्याएर प्रदेश सरकार बनाउनुपर्छ,”–अध्यक्ष ओलीले भन्नुभयो । 

अध्यक्ष ओलीले नेकपा (एमाले) का बारेमा प्रदेश नं २ मा झुट फैलाएको भन्दै त्यसलाई सामना गरेर अगाडि बढ्न कार्यकर्तालाई आग्रह गर्नुभयो । उहाँले एमालेसँग अरु दल एक्लै निर्वाचन लड्ने क्षमता नभएका कारण मोर्चाबन्दी गरेको आरोप समेत लगाउनुभयो । 

नेकपा (एमाले) का नेता माधवकुमार नेपालले एमाले मधेसी समुदायको शत्रु नभई मित्र भएकाले आगामी निर्वाचन एमालेले जित्ने दाबी गर्नुभयो । उहाँले पार्टीले टिकट दिएको आधिकारिक उम्मेद्वारलाई निर्वाचन जिताउन सबै लाग्नुपर्ने बताउनुभयो । 

पूर्वप्रधानमन्त्री नेपालले तिनै तहको निर्वाचनमा एमालेलाई जिताउनसके मात्र मुलुक विकासको बाटोमा अगाडि बढ्न सक्ने दाबी गर्नुभयो । 

महासचिव ईश्वर पोखरेलले निर्वाचनका लागि खटिने पार्टीका नेता तथा कार्यकर्ताले विस्तृत कार्ययोजना बनाएर निर्वाचन क्षेत्रमा खटिन आग्रह गर्नुभयो । निर्वाचनको प्रचारप्रसारमा कति व्यक्ति जाने, कुन कुन जिल्लामा जाने, कुन साधनमा जाने भन्नेबारे पार्टीलाई योजना बुझाएर मात्र जानुहोला”–महासचिव पोखरेलले भन्नुभयो । 

उहाँले विपक्षी दलले एमाले संविधान कार्यान्वयनको विरोधी भनेर लगाएको आरोपको खण्डन गर्दै जनताको आवश्यकतालाई हेरेर संविधान कार्यान्वयनमा सहयोग गर्ने बताउनुभयो । 

पार्टीका स्थायी कमिटी सदस्य एवम् प्रदेश नं २ का संयोजक सत्यनारायण मण्डल, स्थायी कमिटी सदस्य छविलाल विश्वकर्मालगायतले आफ्नो मतलाई सुरक्षित गर्दै अरु दलका कार्यकर्तालाई आफ्नो विचारले आकर्षण गरेर पार्टीलाई विजयी गराउन सबै नेता तथा कार्यकर्ता लाग्नुपर्ने बताउनुभयो । 

एमाले काठमाडौँ–प्रदेश नं २ सम्पर्क मञ्चले निर्वाचनलाई लक्षित गरी मूल्याङ्कन, आर्थिक, यातायात र प्रचारप्रसार उपसमितिसमेत गठन गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोला किनारमा मृत अवस्थामा फेला रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे सपथ ग्रहण पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक रास्वपाका निर्वाचित केन्द्रीय सदस्यको शपथग्रहण हुँदै सुनचाँदीको मूल्यमा गिरावट नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा साउदी अरबमा सजाय भोगिरहेका ३३ नेपालीले पाए आममाफी विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउन आदेश सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ: सञ्चारमन्त्री तिमिल्सिना