Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मंसिरको अन्तिममा बहुमतको सरकार बनाउँछौं: पाण्डे

२०७४, २० भाद्र मंगलवार ०८:४३

भदौ २०, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता सोमप्रसाद पाण्डेले २ नम्बर प्रदेशको चुनावमा पहिलो हुनबाट एमालेलाई दुनियाँको कुनै शक्तिले रोक्न नसक्ने दाबी गरेका छन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै पाण्डेले भने,‘यसअघिका दुई चरणका निर्वाचनमा पनि एमाले पहिलो भैसकेको छ, अबको निर्वाचनमा पनि पहिलो हुने आधार भनेको यही हो, २ नम्बर प्रदेशमा पनि हामी पहिलो हुन्छौं, दुनियाँको कुनैपनि अदृश्य शक्तिले अब हाम्रो पार्टीलाई पहिलो हुनबाट रोक्न सक्दैन्।’

एमालेलाई आफ्नो मत दिएर पहिलो शक्तिको रुपमा स्थापित गराउन जनता आँतुर रहेको उल्लेख गर्दै उनले भने,‘एमालेलाई जिताउन जनता आँतुर छन्, २ नम्बर प्रदेशको निर्वाचनमा मात्रै होईन, प्रदेश र केन्द्रिय संसदको निर्वाचनमा पनि एमाले पहिलो पार्टी हुन्छ ।’

पाण्डेले प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा आफ्नो पार्टीले बहुमत सिट संख्या ल्याउने दाबी गरेका हुन् । उनले भने,‘दुनियाँको कुनै तागदले रोक्न सक्दैन्, ०७४ को मंसिरको अन्त्यतिर एमालेले बहुमतको सरकार बनाउँछ।’

नेता पाण्डेले राजमार्गको छेउमा एमालेले अत्यधिक बहुमत हाँसिल गर्ने देखेर डराएर कांग्रेस र माओवादी केन्द्रले तालमेल गर्ने तयारी गरेको आरोप लगाए । उनले थपे,‘जो जो मिलेपनि ती क्षेत्रमा पनि एमालेले एक्लैले अत्यधिक बुहमतका साथ जित्छ।’ अदृश्य शक्तिको दबाबमा कांग्रेस–माओवादी केन्द्रले चुनावी तालमेल गरेपनि एमाले दुई पार्टीले तालमेल गरेको ठाउँमा पनि एमाले पराजित नहुने उनले ठोकुवा गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै