२०८२, २० फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रवि लामिछानेको पक्षमा बाबुरामको ऐक्यबद्धता भन्छन् – वैकल्पिक शक्तिको ‘भ्रूण हत्या’ गर्न खोजियो

२०८२, १४ असार शनिबार १६:१७

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको पक्षमा ऐक्यबद्धता जनाएका छन्। उनले शनिबार रास्वपाको केन्द्रीय कार्यालय, बनस्थली पुगेर पार्टीले सञ्चालन गरेको हस्ताक्षर अभियानमा सहभागी भएका हुन्।

हस्ताक्षरपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै डा. भट्टराईले रवि लामिछानेमाथि भइरहेको व्यवहारलाई ‘राजनीतिक प्रतिशोध’ को संज्ञा दिए। उनले पुराना शक्तिहरूले नयाँ र वैकल्पिक शक्तिहरूको ‘भ्रूण हत्या’ गर्न खोजेको आरोप लगाए।

उनले भने – ‘अंग्रेजीमा एउटा भनाइ छ- तपाईं असल भएर मात्र हुँदैन, असल देखिनु पनि पर्छ। लोकतन्त्र भनेको विधिको शासन हो, तर रवि लामिछानेजीको हकमा महिनौंदेखि एकपछि अर्को मुद्दामा हिरासतमा राख्ने र जनप्रतिनिधिको कर्तव्य पूरा गर्न नदिने जुन काम भइरहेको छ, यसले विधिको शासनभन्दा पनि कुनै अर्कै नियतले काम गरेजस्तो देखिन्छ,’ भट्टराईले भने।

उनले महाभारतको प्रसंग जोड्दै थपे, ‘कृष्णको जन्म हुँदैछ र उसले आफ्नो मृत्यु गराउँछ भन्ने थाहा पाएर कंसले बहिनीको गर्भबाट नजन्मिँदै कृष्णलाई मार्न खोजे जस्तै, पुराना शक्तिहरूले नयाँ उदयमान शक्तिहरूलाई त्यसैगरी भ्रूण हत्या गर्न खोज्छन्।’

डा. भट्टराईले अदालतले दोषी प्रमाणित नगरेसम्म कोही पनि निर्दोष हुने सिद्धान्तको स्मरण गराउँदै अहिलेको घटनाक्रमले राजनीतिक प्रतिशोधको गन्ध आएको र त्यो ठीक नभएको बताए।

उनले भने, ‘यो घटनाले प्रकारान्तरले वैकल्पिक र नयाँ शक्तिहरूको उदयको निम्ति आधार तयार पार्दैछ। पुराना शक्तिहरूको गलत हर्कत र नियत आम जनताले बुझ्दैछन्।’

वैकल्पिक र नयाँ शक्तिहरूबीच आधारभूत कुरामा सहकार्य र कतिपय अवस्थामा प्रतिस्पर्धा गर्दै पुराना, भ्रष्ट र पतनशील शक्तिहरूविरुद्ध लड्नुपर्नेमा उनले जोड दिए।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण