२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पूर्वसांसदका अनुभव संसद्का काम कारबाहीमा जोड्नुपर्छ : अध्यक्ष दाहाल

१६ असार २०८२, सोमबार १६:१९

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले पूर्वसांसदमा धेरै अनुभव हुने भएकाले त्यसलाई संसद्को काम कारबाहीमा जोड्नुपर्ने बताउनुभएको छ ।

पूर्वसांसद मञ्चले ६७औँ संसद् दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा पूर्वसांसदको अनुभवले कानुन पनि राम्रो बन्ने विश्वास व्यक्त गर्नुभयो । राष्ट्रियसभाले सङ्घीयताको कार्यान्वयनका लागि प्रदेश र स्थानीय तहसँग समन्वय गरेर काम गरिरहेको अध्यक्ष दाहालले जानकारी दिनुभयो ।

संसद्मा हुने नीतिगत बहसमा सबै सांसदलाई समान सहभागी गराउनुपर्नेमा पनि उहाँले जोड दिनुभएको थियो । दलीय स्वार्थभन्दा माथि उठेर सांसदले काम गर्ने वातावरण बनाउन राजनीतिक दलले सहयोग गर्नुपर्ने अध्यक्ष दाहालले बताउनुभएको थियो ।

मञ्चका अध्यक्ष एवं पूर्वसांसद ओमकार श्रेष्ठले संसद्मा हुनुपर्ने उपस्थिति र बहस हुने वातावरण अन्त्य भएकामा दुःख लागेको बताउनुभयो । मञ्चका उपाध्यक्षहरू गोविन्दबहादुर शाह, विष्णुबहादुर राउत, रामेश्वरराय यादवलगायतले संसदको भूमिका अझै प्रभावकारी बनाउन सहयोग गरिने प्रतिबद्धता जनाउनुभएको थियो ।

सो अवसरमा पूर्वसांसद परशुराम मेघी गुरुङले संसद्बाट २०८१ वैशाखदेखि चैतसम्म भएका गतिविधिका बारेमा प्रस्तुती दिनुभएको थियो । विसं २०१६ असार १६ गते जननिर्वाचित संसद्को पहिलो बैठक बसेको सम्झनामा संसद् दिवस मनाउन थालिएको हो । प्रत्येक वर्ष ३० जुनका दिन मनाइने अन्तरराष्ट्रिय संसद् दिवस पनि आजै मनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल