२०८२, २० फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘राजनीतिमा कसैको निगाहबाट आएको होइन,दु:ख गरेर आएको हुँ,चन्दाबाट होइन’,:रामहरि खतिवडा

२०८२, १८ असार बुधबार १५:५८

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्य, व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले निजामती विधेयकको कुलिङ पिरियडमा भएको गडबडीमा आफ्नो संलग्नता रहे जस्तोसुकै सजाय भोग्न पनि तयार भएको बताएका छन् । मंगलबार समितिको बैठकमा सांसदहरूले उठाएका विषयको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् ।

‘यो गम्भीर अपराध हो, अक्षम्य अपराध हो । सभामुखलाई छानबिनका लागि अनुरोध गर्न चाहन्छु,’ सभापति खतिवडाले भने, ‘गल्ती देखियो भने रामहरी खतिवडा जस्तोसुकै सजाय भागी बन्न तयार छु ।’ साथै, उनले निजामती विधेयकको कुनै पनि इस्यूमा समितिको कार्यअधिकार भन्दा बाहेक कुनै शब्द नथपेको बताए ।

उनले आफ्नो राजनीतिलाई नै सक्नेगरी समितिका काममाथि प्रश्न उठाउने काम भएको बताए । ‘राजनीतिमा कसैको निगाहबाट आएको होइन । मेरो बाउ शहिद भएर पनि आएको होइन चन्दा दिएर पनि आएको होइन,’ खतिवडाले भने, ‘राजनीतिमा दु:ख गरेर आएको हुँ । निष्ठा र प्रतिष्ठसँग म आज पनि दृढ छु । ममाथि आक्रमण प्रहार भएको छ ।’

उनले आफूमात्रै नभइ सांसद माथिको प्रहार भएको पनि बताए । आफ्नो समितिले विभिन्न ठूला उपलब्धि गरेको भए पनि यसपटकको यो विषयलाई लिएर खुइल्याउने काम हुन थालेको पनि बताए ।

‘कतिपय निजामती कर्मचारीको काम र प्रतिष्ठा हेरेर हामीलाई गर्व लाग्छ । कतिपय कर्मचारी आफूमात्रै खाऔं भन्ने खालको पनि हुनुहन्छ । त्यसलाई कन्ट्रोल गर्नका लागि पनि हामीले कुलिङ पिरियड ल्यायौं,’ खतिवडाले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण