२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मोहन बस्नेतमा पूर्वगृहमन्त्री रवि लामिछानेको ‘भेरियन्ट’ देखियो : कांग्रेस नेता शिवाकोटी

१९ असार २०८२, बिहीबार १५:१९

काठमाडौं । नेपाली कांग्रेसका नेता अजयबाबुशिवाकोटीले पूर्वमन्त्री मोहन बस्नेतमा पूर्वगृहमन्त्री रवि लामिछानेको ‘भेरियन्ट’ देखिएको टिप्पणी गरेका छन् । कांग्रेसको केन्द्रीय कार्यसमितिको बिहीबारको बैठकमा उनले केन्द्रीय सदस्य बस्नेतमा हाल पुर्पक्षका लागि कारागारमा रहेका लामिछानेको ‘भेरियन्ट’ देखिएको टिप्पणी गरेका हुन् ।

‘केही समयअघि सहकारी ठगी प्रकरणमा हाल पुर्पक्षका क्रममा कैदमा रहेका रवि लामाछानेले संसद्को रोष्ट्रममा उभिएर ‘आफूलाई फसाउन खोज्ने कांग्रेस नेता गगन थापाको पनि फाइल आफूसँग रहेको’ बताएका थिए,’ केन्द्रीय सदस्य शिवाकोटीले भने, ‘बुधबारको बैठकमा लामिछानेकै भेरियन्ट बस्नेतज्यूमा देखियो ।’ उनले टेरामक्स प्रकरणमा मुछिएपछि विशेष अदालतले धरौटीमा रिहा गरेका बस्नेतलाई आफूसँग फाइल छ भनेर घुर्की नदेखाउन पनि चेतावनी दिए ।

‘लामिछानेकै फोटोकपी शैलीमा प्रस्तुत भएका बस्नेतज्यूलाई मेरो आग्रह छ तपाईं फाइल छ, फाइल छ भनेर किन घुक्र्याइ रहनुभएको छ ?,’ शिवाकोटीले प्रश्न गरे, ‘थर्काउने पनि अनि महामन्त्री थापालाई अतिरिक्त माया किन देखाइरहनुभएको छ रु थापाले भ्रष्टाचार गरेको फाइल छ भने किन अनुसन्धान गर्ने सम्बन्धित निकायमा नदिएको ?’ ।

उनले महामन्त्री गगनकुमार थापालाई कारबाही भएको देख्ने चाहना भए कानुनी प्रक्रियामा जान पनि सुझाव दिए ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल