२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मोहन बस्नेतमा पूर्वगृहमन्त्री रवि लामिछानेको ‘भेरियन्ट’ देखियो : कांग्रेस नेता शिवाकोटी

२०८२, १९ असार बिहीबार १५:१९

काठमाडौं । नेपाली कांग्रेसका नेता अजयबाबुशिवाकोटीले पूर्वमन्त्री मोहन बस्नेतमा पूर्वगृहमन्त्री रवि लामिछानेको ‘भेरियन्ट’ देखिएको टिप्पणी गरेका छन् । कांग्रेसको केन्द्रीय कार्यसमितिको बिहीबारको बैठकमा उनले केन्द्रीय सदस्य बस्नेतमा हाल पुर्पक्षका लागि कारागारमा रहेका लामिछानेको ‘भेरियन्ट’ देखिएको टिप्पणी गरेका हुन् ।

‘केही समयअघि सहकारी ठगी प्रकरणमा हाल पुर्पक्षका क्रममा कैदमा रहेका रवि लामाछानेले संसद्को रोष्ट्रममा उभिएर ‘आफूलाई फसाउन खोज्ने कांग्रेस नेता गगन थापाको पनि फाइल आफूसँग रहेको’ बताएका थिए,’ केन्द्रीय सदस्य शिवाकोटीले भने, ‘बुधबारको बैठकमा लामिछानेकै भेरियन्ट बस्नेतज्यूमा देखियो ।’ उनले टेरामक्स प्रकरणमा मुछिएपछि विशेष अदालतले धरौटीमा रिहा गरेका बस्नेतलाई आफूसँग फाइल छ भनेर घुर्की नदेखाउन पनि चेतावनी दिए ।

‘लामिछानेकै फोटोकपी शैलीमा प्रस्तुत भएका बस्नेतज्यूलाई मेरो आग्रह छ तपाईं फाइल छ, फाइल छ भनेर किन घुक्र्याइ रहनुभएको छ ?,’ शिवाकोटीले प्रश्न गरे, ‘थर्काउने पनि अनि महामन्त्री थापालाई अतिरिक्त माया किन देखाइरहनुभएको छ रु थापाले भ्रष्टाचार गरेको फाइल छ भने किन अनुसन्धान गर्ने सम्बन्धित निकायमा नदिएको ?’ ।

उनले महामन्त्री गगनकुमार थापालाई कारबाही भएको देख्ने चाहना भए कानुनी प्रक्रियामा जान पनि सुझाव दिए ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण