२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रास्वपाले आइतबारसम्म उम्मेदवारको मापदण्ड तोक्ने, जिम्मा सहमहामन्त्री आचार्यलाई

२०८२, १९ असार बिहीबार १६:४१

काठमाडौँ । कात्तिक १७ गते रुपन्देही-३ मा हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले उम्मेदवार चयनका लागि मापदण्ड बनाएको छ।

आज बिहीबार बसेको रास्वपाको सचिवालय बैठकले प्रस्तावित मापदण्डका रुपमा तीन बुँदा तयार पारेको हो। जसमा स्वच्छ छविको हुनुपर्ने, स्थानीय हुनुपर्ने, स्थानीय तथा राष्ट्रियस्तरमा स्थापित भए झनै राम्रो भनेर प्रस्ताव गरिएको बैठकमा सहभागी एक नेताले जानकारी दिए।

मापदण्डलाई अन्तिम रुप भने आइतबारसम्म टुंगो लाग्ने र यसको जिम्मा लुम्बिनी प्रदेश इन्चार्जसमेत रहेका सहमहामन्त्री विपिन आचार्यलाई जिम्मा दिइएको छ।

रास्वपाले उम्मेदवार छान्न पनि विभिन्न प्रक्रिया पूरा गर्नुपर्ने जनाएको छ। उम्मेदवार छान्नका लागि स्थानीय पार्टीबाट सिफारिस माग्ने, आन्तरिक निर्वाचनका लागि आह्वान गर्ने, आन्तरिक निर्वाचनबाट ५० प्रतिशत मत पाउने व्यक्तिलाई सिफारिस गर्ने, र सोही सिफारिसलाई केन्द्रीय समितिले अनुमोदन गर्ने निर्णय बिहीबारको बैठकले गरेको हो।

बैठकमा नेताहरूले उम्मेदवार सकभर पार्टीकै नेता कार्यकर्ता हुनुपर्ने र भूगोल र त्यहाँको अवस्था बुझेको हुनुपर्ने बताएका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण