२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रास्वपाले आइतबारसम्म उम्मेदवारको मापदण्ड तोक्ने, जिम्मा सहमहामन्त्री आचार्यलाई

१९ असार २०८२, बिहीबार १६:४१

काठमाडौँ । कात्तिक १७ गते रुपन्देही-३ मा हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले उम्मेदवार चयनका लागि मापदण्ड बनाएको छ।

आज बिहीबार बसेको रास्वपाको सचिवालय बैठकले प्रस्तावित मापदण्डका रुपमा तीन बुँदा तयार पारेको हो। जसमा स्वच्छ छविको हुनुपर्ने, स्थानीय हुनुपर्ने, स्थानीय तथा राष्ट्रियस्तरमा स्थापित भए झनै राम्रो भनेर प्रस्ताव गरिएको बैठकमा सहभागी एक नेताले जानकारी दिए।

मापदण्डलाई अन्तिम रुप भने आइतबारसम्म टुंगो लाग्ने र यसको जिम्मा लुम्बिनी प्रदेश इन्चार्जसमेत रहेका सहमहामन्त्री विपिन आचार्यलाई जिम्मा दिइएको छ।

रास्वपाले उम्मेदवार छान्न पनि विभिन्न प्रक्रिया पूरा गर्नुपर्ने जनाएको छ। उम्मेदवार छान्नका लागि स्थानीय पार्टीबाट सिफारिस माग्ने, आन्तरिक निर्वाचनका लागि आह्वान गर्ने, आन्तरिक निर्वाचनबाट ५० प्रतिशत मत पाउने व्यक्तिलाई सिफारिस गर्ने, र सोही सिफारिसलाई केन्द्रीय समितिले अनुमोदन गर्ने निर्णय बिहीबारको बैठकले गरेको हो।

बैठकमा नेताहरूले उम्मेदवार सकभर पार्टीकै नेता कार्यकर्ता हुनुपर्ने र भूगोल र त्यहाँको अवस्था बुझेको हुनुपर्ने बताएका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म