२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यातायात क्षेत्रलाई व्यवस्थित बनाउने कार्य सरकारको उच्च प्राथमिकतामा छः मन्त्री दाहाल

२०८२, २० असार शुक्रबार १४:३७
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यातायात क्षेत्रलाई थप व्यवस्थित बनाउने कार्य सरकारले उच्च प्राथमिकतामा रहेको बताउनुभएको छ । यसका लागि नीतिगत सुधारदेखि त्यसको कार्यान्वयनमा कार्यान्वयनमा ध्यान दिइएको उहाँको भनाइ छ ।
नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समितिद्वारा चन्द्रागिरि नगरपालिका–७ मा निर्मित भवनको आज उद्घाटन गर्दै मन्त्री दाहालले यातायात क्षेत्रसँग सम्बन्धित विभिन्न कानुन संशोधनलाई समेत मन्त्रालयले प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गर्नुभयो ।
उहाँले सवारीसाधनलाई भारबहन क्षमताअनुसार सञ्चालन गर्ने प्रबन्ध कडाइका साथ लागू गरिने पनि बताउनुभयो । “नेपाली सडक तथा संरचनाको दिगो उपयोगका लागि भारबहन क्षमता कडाइका साथ लागू गर्न आवश्यक छ । अधिक भार भएका मालबाहक सवारीसाधनका कारण नेपालका पुल तथा सडकमा ठूलो नोक्सानी हुने गरेको छ । सीमा क्षेत्रदेखि नै यसको नियन्त्रण गर्छौं”, उहाँले भन्नुभयो ।
नेपालका सडक, पुल लगायतका संरचनाको संरक्षण सबैको दायित्व रहेको पनि मन्त्री दाहालको भनाइ थियो । “हाम्रो भूबनोट तथा सडकको अवस्थाअनुसार पुलको निर्माण गरिएको हुन्छ । निश्चित भार क्षमताका ती संरचनामा जथाभावि अधिक भार भएका सवारीसाधन त चलाउनु भएन नि ! हाम्रा संरचनाको संरक्षण गर्ने जिम्मेवारी हामी सबैको हो”, उहाँले भन्नुभयो ।
‘विकासलाई उत्पादनसँग जोडौँं’
नेपाल निर्माणको चरणमा रहेको निरन्तर अघि बढिरहेको उल्लेख गर्दै मन्त्री दाहालले देशमा केही भएन र हुँदैन भन्ने भ्रमलाई एशियन मापदण्डमा बिस्तार भइरहेको पूर्व–पश्चिम राजमार्ग, हुलाकी सडक, मदन भण्डारी राजमार्ग तथा मध्यपहाडी लोकमार्गले चिरिरहेकोसमेत जिकिर गर्नुभयो ।
यस्तै, उत्तर दक्षिण करिडोरका रूपमा निर्माण भइरहेका राजमार्गले नेपाललाई चीन र भारतसँगको पहुँचलाई पनि बलियो बनाइरहेको मन्त्री दाहालको भनाइ छ । हुम्लामा पुल बनेसँगै नेपालका सबै जिल्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएको भन्दै उहाँले अब विकासलाई उत्पादनसँग जोड्न जरुरी छ भन्नुभयो ।
“हामीले सडक तथा पुल त बनायौँ, तर यो नै अन्तिम विकास होइन । यी संरचनाको माध्यमबाट उत्पादन वृद्धि गर्न जरुरी छ । अब सहर र गाउँको दूरी टाढा रहेन, गाउँमा पनि उद्यमशीलताको विकास गर्न सहज भएको छ”, मन्त्री दाहालले भन्नुभयो, “त्यहाँ उत्पादित तथा प्रशोधित कृषिउपजलगायत बस्तुलाई बजारसम्म ल्याएर लाभ लिने बेला आएको छ ।”
समितिको भवन रु एक करोड ११ लाखको लागतमा निर्माण भएको अध्यक्ष कृष्णप्रसाद पन्तले जानकारी दिनुभयो ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य राजेन्द्र पाण्डे, कृष्णगोपाल श्रेष्ठ, यातायात व्यवसायी महासङ्घका अध्यक्ष विजय स्वार, यातायात व्यवसायी, मजदुर नेतालगायतले आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रममा भवन निर्माणमा योगदान गर्नेलाई सम्मानसमेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण