२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हिन्दू राष्ट्र र संवैधानिक राजसंस्था माग

२०७४, २२ भाद्र बिहीबार १२:०४

भदौ २२, काठमाडौँ । एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)ले मुलुकको राष्ट्रिय अखण्डता र स्वाधीनताका लागि राष्ट्रिय चरित्र भएका संस्थाबीच एकताको खाँचो औँल्याएको छ । 

मुलुकमा भ्रष्टाचारको अन्त्य तथा रोजगारीको व्यवस्था गरी युवा जनशक्तिलाई विदेश पलायन हुनबाट रोक्नुपर्नेलगायत माग राख्दै पार्टीले आज गरेको मोटरसाइकल यात्राको उद्घाटन गर्दै पार्टीका अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले राजसंस्थामा त्यस्तो विशेषता पाइने हुँदा आफ्नो दल संवैधानिक राजसंस्थाका साथै हिन्दू राष्ट्रको पक्षमा रहेको बताउनुभयो । 

सो अवसरमा वरिष्ठ नेता केशरबहादुर विष्टले विश्वमा एक मात्र हिन्दू राष्ट्रका रुपमा मुलुकको पहिचान अन्तर्राष्ट्रिय तहमा रहेकामा त्यसको पुनःबहाली गर्नुपर्ने माग गर्नुभयो । नेता गणेश शेरचन, तारानाथ लुइँटेललगायतले भ्रष्टाचार न्यूनीकरणका लागि प्रतिनिधिसभाको चुनाव प्रत्यक्ष मतदाताका आधारमा मात्र हुनुपर्ने बताउनुभयो । 

यात्रामा सहभागी करिब ५०० जनाले हिन्दू राष्ट्र र संवैधानिक राजसंस्था कायम गर्नुपर्ने, भ्रष्टाचारीलाई दण्डित गर्नुपर्नेलगायत माग गरेका थिए । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई