२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशमा श्रम गर्न जानेलाई गरिएको ठगीको नियमन गर्न सांसदको माग

२३ असार २०८२, सोमबार १६:५६

काठमाडौँ । सांसदहरुले वैदेशिक रोजगारीमा गएका नेपालीमाथि म्यानपावर कम्पनीलगायतले ठगी गरिरहेको उल्लेख गर्दै दोषीलाई कारबाहीको माग गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद रमा कोइराला पौडेलले मलेसियामा रहेका चार लाख नेपालीले दुःख पाएको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो । वैधानिक बाटोबाट सुरक्षा गार्डको काममा गएकालाई सम्झौताभन्दा कम पारिश्रमिक दिएको पाइएकाले दोषीलाई कारबाही गर्न माग गर्नुभयो ।

विदेशमा पनि केहीले मिटरब्याजका नाममा श्रमिकको शोषण गरिरहेको आफूले मलेसिया भ्रमणका क्रममा पीडितहरुबाट जानकारी पाएको उल्लेख गर्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद सूर्यबहादुर थापा क्षत्रीले संसदीय छानबिन समितिको प्रतिवेदनका आधारमा सहकारी ठगीमा मुछिएकालाई कानुनी कारबाहीको दायरामा ल्याउन संरचना निर्माण भए पनि भइरहेका गतिविधिका बारेमा नियमित रुपमा संसदमा जानकारी गराउन माग गर्नुभयो । सहकारी ठगी गरी विदेशमा गएकालाई पक्राउको प्रक्रिया सुरु गर्नुपर्ने र यससम्बन्धी विवरण गृहमन्त्रीले नियमित रुपमा संसद्मा जानकारी गराउनुपर्ने उहाँको माग छ ।

सांसद महेन्द्रबहादुर शाहीले कर्णाली राजमार्गको सुधार गर्न माग गर्नुभयो । त्रिभुवन विश्वविद्यालयमा देखिएका समस्या समाधान गर्न पनि सांसद शाहीले सरकारको ध्यानाकर्षण गराउनुभयो । केही दिनअघि संसदीय समितिबाट अवलोकन भ्रमणमा जाँदा विश्वविद्यालयको महिला छात्रावासलगायत स्थलमा समस्या देखिएकाले त्यसको समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।

सांसद मेटमणि चौधरीले दाङको लमही बजारलाई व्यवस्थित गर्न माग गर्नुभयो । सांसद रञ्जुकुमारी झाले मधेस प्रदेशको सर्लाही प्रहरी प्रमुखले असार ९ गते पूर्वप्रदेशसभा सदस्यको घर परिवारलाई गरेको व्यवहारप्रति असन्तुष्टि व्यक्त गर्नुभयो । उक्त घटनाबारे सत्यतथ्य छानबिन गर्न उहाँको माग छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का