२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशमा श्रम गर्न जानेलाई गरिएको ठगीको नियमन गर्न सांसदको माग

२०८२, २३ असार सोमबार १६:५६

काठमाडौँ । सांसदहरुले वैदेशिक रोजगारीमा गएका नेपालीमाथि म्यानपावर कम्पनीलगायतले ठगी गरिरहेको उल्लेख गर्दै दोषीलाई कारबाहीको माग गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद रमा कोइराला पौडेलले मलेसियामा रहेका चार लाख नेपालीले दुःख पाएको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो । वैधानिक बाटोबाट सुरक्षा गार्डको काममा गएकालाई सम्झौताभन्दा कम पारिश्रमिक दिएको पाइएकाले दोषीलाई कारबाही गर्न माग गर्नुभयो ।

विदेशमा पनि केहीले मिटरब्याजका नाममा श्रमिकको शोषण गरिरहेको आफूले मलेसिया भ्रमणका क्रममा पीडितहरुबाट जानकारी पाएको उल्लेख गर्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद सूर्यबहादुर थापा क्षत्रीले संसदीय छानबिन समितिको प्रतिवेदनका आधारमा सहकारी ठगीमा मुछिएकालाई कानुनी कारबाहीको दायरामा ल्याउन संरचना निर्माण भए पनि भइरहेका गतिविधिका बारेमा नियमित रुपमा संसदमा जानकारी गराउन माग गर्नुभयो । सहकारी ठगी गरी विदेशमा गएकालाई पक्राउको प्रक्रिया सुरु गर्नुपर्ने र यससम्बन्धी विवरण गृहमन्त्रीले नियमित रुपमा संसद्मा जानकारी गराउनुपर्ने उहाँको माग छ ।

सांसद महेन्द्रबहादुर शाहीले कर्णाली राजमार्गको सुधार गर्न माग गर्नुभयो । त्रिभुवन विश्वविद्यालयमा देखिएका समस्या समाधान गर्न पनि सांसद शाहीले सरकारको ध्यानाकर्षण गराउनुभयो । केही दिनअघि संसदीय समितिबाट अवलोकन भ्रमणमा जाँदा विश्वविद्यालयको महिला छात्रावासलगायत स्थलमा समस्या देखिएकाले त्यसको समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।

सांसद मेटमणि चौधरीले दाङको लमही बजारलाई व्यवस्थित गर्न माग गर्नुभयो । सांसद रञ्जुकुमारी झाले मधेस प्रदेशको सर्लाही प्रहरी प्रमुखले असार ९ गते पूर्वप्रदेशसभा सदस्यको घर परिवारलाई गरेको व्यवहारप्रति असन्तुष्टि व्यक्त गर्नुभयो । उक्त घटनाबारे सत्यतथ्य छानबिन गर्न उहाँको माग छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण