maoप्रकाश ध"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... maoप्रकाश ध"/>
२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

आगामी निर्वाचनमा एमाओवादी सबैभन्दा ठुलो पार्टी बन्छः हिमाल

२ माघ २०७२, शनिबार ०१:४६

maoप्रकाश धौलाकोटी । माघ २, तेह्रथुम । एकिकृत नेकपा माओवादी जिल्ला कमिटी तेह्रथुमले जिल्ला सम्मेलन सकिएको लामो समयपछि बल्ल पदाधिकारीको टुंगो लगाएको छ । शनिबार सदरमुकाम म्याङलुङमा बसेको सम्मेलन पछिको तेस्रो पुर्ण बैठकले जिल्ला कमिटीको उपाध्यक्षमा इन्द्रप्रकाश इम्सङ, सचिवमा तारा भट्राई, सहसचिवमा तेजमान कन्दङवा र कोषाध्यक्षमा बलिराज ईङ्नामलाई सर्वसहमतिले चयन गरेको छ ।


जिल्ला कमिटी सदस्यहरुमा सलबहादुर तिवारी, हरि खनाल, गणेश विमली, नन्द नेपाली, रमेश घिमिरे, ईश्वर श्रेष्ठ, छिरिङ लामा, पुर्णबहादुर आंखेवा र विमला फुएल चयन हुनुभएको छ । यस्तै प्रदेश समितिमा फुर्वी शेर्पा र रघु गौतमलाई प्रतिनिधि पठाउने निर्णय गरेको छ । बैठकले पदाधिकारीसहित जिल्ला कमिटी सदस्यहरुको एक तिहाई संख्या अनुसार १७ सदस्यीय सचिवालय समेत गठन गरेको छ ।


2 (2)


एमाओवादी एक नम्बर प्रदेश समितिका सचिव तथा पोलिट व्युरो सदस्य सुरेश राई हिमालको आतिथ्यतामा बसेको बैठकले आउँदो चैत्र सम्ममा सबै जनवर्गीय संगठन र जातीय मोर्चाको जिल्ला सम्मेलन गरिसक्ने, जिल्ला व्यापी रुपमा तीन महिने संगठन सुदृढिकरण अभियान चलाउने र जिल्लाको विकास निर्माणको काममा प्रभावकारी तथा पारदर्शिता अपनाउन जोड दिने निर्णय गरेको बताइएको छ ।
दुई वर्ष अघि सम्पन्न भएको दोस्रो जिल्ला सम्मेलनले दुर्गाप्रसाद चापागाई सचिनलाई अध्यक्ष चयन गरेपनि बाँकी पदाधिकारी छान्न सकेको थिएन ।


यसैबीच एकिकृत नेकपा माओवादीका केन्द्रिय सदस्य तथा प्रदेश समितिका सचिव सुरेश राई हिमालले आगामी निर्वाचन पछि एमाओवादी पार्टी देशको सबैभन्दा ठुलो पार्टी हुने दाबी गर्नुभएको छ । एमाओवादी जिल्ला कमिटी तेह्रथुमको विस्तार तथा कार्यकर्ता प्रशिक्षणकालागि आउनुभएका प्रदेश सचिव राईले संचारकर्मीसँग कुरा गर्दै एमाओवादीले लिएको राजनीतिक विचार र कार्यदिशाबाट आगामी निर्वाचनमा एमाओवादी सबैभन्दा ठुलो पार्टी हुने बताउनुभयो ।


उहाँले दोस्रो संविधानसभाको निर्वाचन पछि कमजोर संगठन व्यवस्थापन र फुटका कारण कमजोर देखिएको भएपनि हालको राष्ट्रिय राजनीति र सरकारको कार्यदिशा समेत एमाओवादीको विचार धाराबाट निर्देशित रहेको बताउनुभयो । उहाँले फुटका कारण नेपालमा माओवादीहरु कमजोर बनेको स्वीकार्दै यथासिघ्र मणि थापा नेतृत्वको माओवादी र बैद्य नेतृत्वको क्रान्तिकारी माओवादीबीच पार्टी एकिकरण हुने बताउनुभयो ।


उहाँले विप्लव नेतृत्वको माओवादीसँग भने अहिल्यै पार्टी एकिकरणको सम्भावना नदेखिएको बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ