२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्वस्थ र अनुशासित नागरिक उत्पादन गर्न खेलजगत्को ठूलो भूमिका छः उपप्रधानमन्त्री सिंह

२०८२, २४ असार मंगलवार १७:००
काठमाडौं ।  उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले स्वस्थ र अनुशासित नागरिक उत्पादन गर्न खेलजगत्को ठूलो भूमिका रहेको बताउनुभएको छ ।
जिल्ला समन्वय समिति काठमाडौँको आयोजनामा खेलाडी वरियता निर्धारणसहितको लिग तेक्वान्दो प्रतियोगिताका उत्कृष्ट खेलाडी (महिला, पुरुष) पुरस्कार घोषणा तथा पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुहुँदै उपप्रधानमन्त्री सिंहले भन्नुभयो, “अहिले खेलक्षेत्रलाई सबैले बुझ्न थालेका छन् । खेलमार्फत राष्ट्रलाई चिनाउन सकिन्छ भन्ने कुरा सबैले बुझ्नुभएको छ ।”
नेपाली समाजमा खेलप्रतिको फरक धारणा विकास हुँदै गएको उपप्रधानमन्त्री सिंहले बताउनुभयो । “पहिला घर परिवारले खेलेर के पाइन्छ भनेर प्रश्न गर्दथे । अहिले सबैले बुझ्न थालेका छन्”, उहाँले भन्नुभयो ।
चौथो बागमती प्रदेशस्तरीय खुल्ला लिग तेक्वान्दो प्रतियोगिता यही असार २६ देखि २८ गतेसम्म काठमाडौँमा हुँदैछ । खेलाडीको क्षमता अभिवृद्धि गरी अन्तरराष्ट्रिय प्रतियोगितामा उत्कृष्ट नतिजा ल्याउने उद्देश्यले  लिग सञ्चालन हुन लागेको हो । प्रतियोगितामा उत्कृष्ट हुने महिला र पुरुष खेलाडीलाई ई–स्कुटर प्रदान गरिनेछ । साथै प्रथम, द्वितीय र तृतीय हुने खेलाडीलाई क्रमशः रु १५ हजार, रु १० हजार तथा रु पाँच हजार पुरस्कार प्रदान गरिने छ । लिगमा पुरुष तथा महिलातर्फ पाँच पाँचवटा तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण