२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्वस्थ र अनुशासित नागरिक उत्पादन गर्न खेलजगत्को ठूलो भूमिका छः उपप्रधानमन्त्री सिंह

२४ असार २०८२, मंगलवार १७:००
काठमाडौं ।  उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले स्वस्थ र अनुशासित नागरिक उत्पादन गर्न खेलजगत्को ठूलो भूमिका रहेको बताउनुभएको छ ।
जिल्ला समन्वय समिति काठमाडौँको आयोजनामा खेलाडी वरियता निर्धारणसहितको लिग तेक्वान्दो प्रतियोगिताका उत्कृष्ट खेलाडी (महिला, पुरुष) पुरस्कार घोषणा तथा पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुहुँदै उपप्रधानमन्त्री सिंहले भन्नुभयो, “अहिले खेलक्षेत्रलाई सबैले बुझ्न थालेका छन् । खेलमार्फत राष्ट्रलाई चिनाउन सकिन्छ भन्ने कुरा सबैले बुझ्नुभएको छ ।”
नेपाली समाजमा खेलप्रतिको फरक धारणा विकास हुँदै गएको उपप्रधानमन्त्री सिंहले बताउनुभयो । “पहिला घर परिवारले खेलेर के पाइन्छ भनेर प्रश्न गर्दथे । अहिले सबैले बुझ्न थालेका छन्”, उहाँले भन्नुभयो ।
चौथो बागमती प्रदेशस्तरीय खुल्ला लिग तेक्वान्दो प्रतियोगिता यही असार २६ देखि २८ गतेसम्म काठमाडौँमा हुँदैछ । खेलाडीको क्षमता अभिवृद्धि गरी अन्तरराष्ट्रिय प्रतियोगितामा उत्कृष्ट नतिजा ल्याउने उद्देश्यले  लिग सञ्चालन हुन लागेको हो । प्रतियोगितामा उत्कृष्ट हुने महिला र पुरुष खेलाडीलाई ई–स्कुटर प्रदान गरिनेछ । साथै प्रथम, द्वितीय र तृतीय हुने खेलाडीलाई क्रमशः रु १५ हजार, रु १० हजार तथा रु पाँच हजार पुरस्कार प्रदान गरिने छ । लिगमा पुरुष तथा महिलातर्फ पाँच पाँचवटा तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का