२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भूमि विधेयक संसदको कार्यसूचीमा : कांग्रेसका दुई महामन्त्री आपत्ति

२५ असार २०८२, बुधबार १२:०९

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भूमि विधेयक फिर्ता लिएर सहमति जुटाउनुपर्ने बताएका छन् । संसद सचिवालयले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’ पारित गर्ने गरी संसदको कार्यसूचीमा राखेपछि शर्माले विधेयकमाथि थप छलफल हुनुपर्ने बताएका छन् ।

भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक स्वयंमा संशोधन गरेर सहमति जुटाउन जरुरी छ । पर्याप्त गृहकार्य नगरी सोझै पारित गर्नेगरी संसदमा प्रस्तुत हुन लागेको भन्दै उनले विमति राखेका छन् । पूर्वसहमति खोज्नुपर्ने वा थप छलफलका लागि समितिमै विधेयकलाई पठाउन सकिने उनले विकल्प राखेका छन् ।

महामन्त्री शर्माले भूमि विधेयक लटरपटर तरिकाले पारित गर्न नहुने विचार राखेका छन् । उनले भने,‘पूर्व सहमति खोजौं कि समितिमा पठाउँ । अन्यथा, आजलाई कार्यसूचीबाट हटाइयोस् ।’

आजको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’ लाई दफावार छलफलका लागि प्रस्तुत गर्ने कार्यसूची छ ।

उक्त विधेयकमाथि प्राप्त संशोधनहरू निणायार्थ प्रस्तुत गर्ने र मन्त्री अधिकारीले विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

कांग्रेसका दुई महामन्त्री गगन थापा र शर्माले विधेयकमा संशोधन प्रस्ताव राखेका छन् । हदबन्दीभन्दा बढीको जग्गा पतञ्जली योगपीठ र गिरीबन्धु टी इस्टेटमा दुरुपयोग भएकाले त्यस्तो हुन नदिने कानुनी व्यवस्था हुनुपर्ने उनीहरुको माग छ । दुई महामन्त्री थापा र शर्माले घरजग्गा व्यवसायको हदबन्दी छुटसम्बन्धी विशेष व्यवस्था शीर्षक राख्नुपर्ने संशोधन प्रस्ताव राखेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का