२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भाषाको बुझाइमा समस्या हुँदा मेरो भनाइ हटाउनुपर्ने ?-सोबिता गौतम

२५ असार २०८२, बुधबार १३:५८

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले आफूले प्रधानमन्त्रीको स्पेन भ्रमणमा गएर नफर्किएका नेपालीहरूको बारेमा कसैले अपव्याख्या गर्छ भने त्यो आफ्नो समस्या नभएको बताएकी छिन् । बुधबार प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै उनले प्रश्न गरेकी छिन्, ‘मेरो भनाइ रेकर्डबाट किन हटाउनुपर्ने ?’

यसअघि हिजो (मंगलबार) बसेको बैठकमा सांसद गौतमले प्रधानमन्त्री सहभागी कार्यक्रममा गएकाहरू नफर्किएको समाचारहरू आएको बताउँदै उक्त विषय गम्भीर भएको बताएकी थिइन् । सो विषयमा नियमापत्ति जनाउँदै एमाले सांसद महेश बर्तौलाले संसद्को रेकर्डबाट हटाउन माग गरेका थिए ।

जसबारे आज थप प्रष्ट स्पष्टीकरण दिँदै उनले भनेकी छिन्, ‘प्रधानमन्त्री गएको कार्यक्रममा कोही गएर फर्किएनन् भन्नु र प्रधानमन्त्रीसँग गएर फर्किएनन् भन्नुमा निकै अन्तर छ । मेरो भनाइ रेकर्डबाट किन हटाउनुपर्ने ?’ उनले सांसदहरूले नेपाली भाषा बुझाइमा समस्या भएका कारण आफ्नो भनाइ हटाउनुनपर्ने त होइन नि ? भन्दै प्रश्न गरिन् ।

‘सांसद महोदयहरूको नेपाली भाषा बुझाइमा समस्या भएका कारण मेरा भनाइ हटाउनुपर्ने त होइन होला नि ? मैले बोलेको विषय कसैले नबुझेर अपव्याख्या गर्छ, चुनौती दिन्छ भने त्यो मेरो समस्या होइन । जसको समस्या हो, उसैको उपचार गरियोस्,’ सांसद गौतमले भनिन् । आफूले कहीँ पनि स्पेनको कार्यक्रममा प्रधानमन्त्रीसँग गएकै मान्छे फर्किएनन् भनेर नभनेको पनि बताइन् ।

‘सभामुख महोदय मैले कहिँ पनि स्पेनको कार्यक्रममा प्रधानमन्त्रीसँग गएका मान्छेहरू फर्किएनन् भनेको छैन । राम्रोसँग कान खोलेर सुन्नुहोस्,’ सांसद गौतमले भनिन् । उनले आफूले बोलेको कुराको पूर्ण जिम्मेवारी आफैं लिने पनि बताइन् ।

‘मैले बोलेको कुराको म पूर्ण जिम्मेवारी लिन्छु । यो सत्य हो, प्रधानमन्त्रीज्यूको आधिकारिक प्रतिनिधिमण्डल सबै कार्यक्रम सकेर नेपाल फर्किनुभयो,’ सांसद गौतमले भनिन्, ‘तर, यो पनि सत्य हो कि प्रधानमन्त्री जानुभएको कार्यक्रममा सयौं नेपाली कार्यक्रमको बाहनामा गएर फर्किएका छैनन् र उतै बसेका छन् ।’ प्रधानमन्त्री सहभागी उक्त कार्यक्रम निकै ठूलो भएकाले सयौं एनजीको साइड इभेन्ट पनि रहेको बताइन् ।

‘प्रधानमन्त्री जानुभएको कार्यक्रम ठूलो कार्यक्रम हो । दशौं हजार मानिस सहभागी हुने कार्यक्रम हो । सयौं एनजीओका साइड इभेन्ट पनि हुन्छन् । नेपालबाट सयौं मान्छे सहभागी हुन गएका पनि साँचो हो । केही नफर्किएको पनि साँचो हो,’ गौतमले भनिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का