३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रवि लामिछानेले भिजिट भिसाको दुरुपयोग गरेर अमेरिकाको नागरिकता लिएर बसेका थिए- गृहमन्त्री लेखक

२५ असार २०८२, बुधबार १५:१०

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले भिजिट भिसाको दुरुपयोग गरेको आरोप लगाएका छन् ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा रसुवामा गएको बाढीपहिरोसहित समसामयिक विषयमा जवाफ दिने क्रममा गृहमन्त्रीले पूर्वगृहमन्त्री लामिछानेबारे गम्भीर आरोप लगाएका हुन्।

लामिछाने भिजिट भिसामा अमेरिका गएर उतैको नागरिकता लिएर बसेको दाबी गरे । उनले भिजिट भिसामा गएको व्यक्ति उतै लुकेपछि त्यहाँको नागरिकता लिएर बसेको दाबी गरे ।

रविले त्यसरी भिजिट भिसाको दुरुपयोग गरेको पनि उनले बताए । ‘भिजिट भिसामा अमेरिका गएको मानिसले त्यही देशको नागरिकता लिएर बस्न पाइन्छ कि पाइँदैन ?’, उनले सोधे, ‘त्यो भिजिट भिसाको दुरुपयोग हो कि होइन ?,’

लेखकले पहिले आफूले गरेको दुरूपयोगको चित्त बुझ्दो जवाफ दिएपछि मात्रै अरूलाई प्रश्न गर्न पनि रास्वपाका सांसदहरूलाई सुझाएका छन् ।

‘पहिले रविले गरेको दुरूपयोगको जवाफ दिनुहोला । भिजिट भिसाको दुरुपयोग गर्ने नेताको पार्टीका कार्यकर्ताहरूले अरूलाई धेरै ज्यादा नैतिकताको कुरा पढाउन हुन्छ कि हुँदैन ?’, उनले भने, ‘नैतिकताको प्रश्न अरुबाट अपेक्षा गर्ने हो कि आफूबाट थाल्ने हो ?’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट