२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबीच शिष्टाचार भेटवार्ता

२५ असार २०८२, बुधबार १७:३१
काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादव र नेपालका लागि फ्रान्सकी राजदूत भर्जिनी कोर्टेभलबीच शिष्टाचार भेटवार्ता गर्नुभएको छ । आज उपराष्ट्रपति कार्यालय लैनचौरमा भएको भेटवार्तामा उहाँहरूबीच शुभकामना आदानप्रदानका साथै नेपाल र फ्रान्सबीचको द्विपक्षीय सम्बन्ध, साझेदारीका विविध आयाम तथा भावी सहकार्यको सम्भावनाबारे महत्त्वपूर्ण छलफल भएको उपराष्ट्रपति कार्यालयले जनाएको छ ।
उपराष्ट्रपति यादवले सन् १९४९ मा दुवै मुलुकबीच स्थापना भएको कूटनीतिक सम्बन्ध सुमधुर रहँदै आएको स्मरण गर्दै भन्नुभयो, “हाम्रो मित्रवत् सम्बन्ध पारस्परिक सम्मान र सहयोगमा आधारित छन् ।” उहाँले फ्रान्सको स्वतन्त्रता, समानता र भ्रातृत्वको आधारभूत मूल्यको प्रशंसा गर्दै ती मूल्यले नेपालका राजनीतिक आन्दोलन तथा सङ्घर्षमा उत्प्रेरकको भूमिका निर्वाह गरेको उल्लेख गर्नुभयो ।
नेपालको पूर्वाधार विकासमा युरोपेली सङ्घमार्फत फ्रान्सले दिएको दीर्घकालीन सहयोगप्रति आभार व्यक्त गर्दै उपराष्ट्रपति यादवले आगामी दिनमा दुई देशबीचको सम्बन्ध जनताको हितमा केन्द्रित रहँदै थप प्रगाढ हुँदै जाने विश्वास व्यक्त गर्नुभयो । उहाँले फ्रान्सको आगामी राष्ट्रिय दिवसका अवसरमा फ्रान्सेली राष्ट्रपति तथा जनताप्रति सुख, शान्ति र समृद्धिको शुभकामना पनि व्यक्त गर्नुभयो ।
नेपालका लागि फ्रान्सका राजदूत कोर्टेभलले नेपाल र फ्रान्सबीचको सम्बन्ध र भ्रातृत्व प्रेम, साझा लक्ष्य र धारणामा आधारित रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “मेरो कार्यकालमा दुई देशबीचको सुमधुर सम्बन्धलाई थप उचाइमा पुर्‍याउने प्रयास रहनेछ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का