२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

‘वातावरणीय असन्तुलन सबैका लागि चिन्ताको विषय’: मुख्यमन्त्री सतिशकुमार सिंह

२६ असार २०८२, बिहीबार १६:२२
 काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले वातावरणीय असन्तुलन सबैका लागि चिन्ताको विषय भएको बताउनुभएको छ ।
राष्ट्रपति चुरे तराइ मधेस संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन एकाइ जनकपुरधामद्वारा आज लालगढ़मा आयोजित प्रदेशस्तरीय स्रोत परिचालन समिति तथा प्रदेश समन्वय समितिको संयुक्त बैठक उद्घाटन गर्दै मुख्यमन्त्री सिंहले पछिल्लो समय खोलाको सतह बढ्दै जानु खतरापूर्ण रहेको बताउनुभयो ।
मौसमको प्रतिकूलता र वातावरणीय असन्तुलनले प्राकृतिक प्रकोप बढ्ने खतरा रहेको बताउँदै उहाँले चुरे संरक्षणमा तीनै तहका सरकारको साझा प्रयासको आवश्यकता औँल्याउनुभयो । चुरेको मरुभूमिकरण रोक्न नदीजन्य पदार्थको वातावरणमैत्री उत्खनन् गर्नुपर्नेमा जोड दिँदै मुख्यमन्त्री सिंहले वातावरणमैत्री उत्खनन्बाट प्राप्त नदीजन्य पदार्थ बिक्री गरी आम्दानी वृद्धि गर्नेतर्फ अग्रसर हुनुपर्ने बताउनुभयो ।
सङ्घीयता कार्यान्वयन पश्चात मधेश प्रदेशमा आर्थिक वर्ष २०८१/८२ मा सबभन्दा बढी ७१.४८ प्रतिशत बजेट खर्च भएकोमा खुसी व्यक्त गर्दै उहाँले सो उपलब्धिका लागि प्रदेश सरकार मातहतका कर्मचारी र सरोकारवाला सबैलाई धन्यवाद दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ