२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रियसभाको शून्य समयमा विविध विषयमा सरकारको ध्यानाकर्षण

२०८२, २७ असार शुक्रबार १४:४३

काठमाडौँ । सांसदहरूले वर्षाका कारण अवरुद्ध सडकखण्ड र क्षतिग्रस्त पुलको तत्काल निर्माण गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

राष्ट्रियसभाको आजको शून्य समयमा सभा सदस्यहरूले रसुवामा गएको बाढीमा बेपत्ताको तत्काल खोजी उद्धार र राहत एवं पुनःस्थापनाका लागि सभाअध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

शून्य समयमा सांसदहरू सावित्री मल्ल, विष्णुबहादुर विश्वकर्मा, रुक्मिणी कोइराला र आनन्दप्रसाद ढुङ्गानाले रसुवा बाढीपछि गम्भीरतापूर्वक काम गर्न ध्यानाकर्षण गराउनुभयो । उहाँहरूले मधेस प्रदेशलाई सुक्खाग्रस्त घोषणा गरेको भन्दै आवश्यक सहयोग उपलब्ध गराउनसमेत आग्रह गर्नुभयो ।

सभा सदस्य घनश्याम रिजालले कम्पनी रजिष्ट्रारको ‘सर्भर डाउन’ भयो भन्दै कम्पनी दर्ता गराउन घुस मागेका विषयमा तुरुन्त छानबिन र कारबाहीका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो । “सर्भर डाउनको बहानामा अनलाइन सिस्टमलाई बन्द गराई नवीकरण र दर्ता गर्दा प्रतिशत तोकेर रकम अशुल्ने खबर सार्वजनिक भएको छ”, उहाँले भन्नुभयो, “कम्पनी दर्ता गर्न पनि घुस खुवाउनुपर्ने भएपछि जनताले किन र कसरी व्यवसाय गर्छन् ? कसरी लगानीको वातावरण बन्छ ?”

यस्तै, सांसद मनरुपा शर्माले नारायणगढ–बुटवल सडकको (बर्दघाट) दाउन्ने दुम्कीबास खण्डसँगै देशभरका विभिन्न सडक अस्तव्यवस्त भएको भन्दै ध्यानाकर्षण गराउनुभयो । सांसद रेणु चन्दले अछामको पञ्चदेवल विनायक नगरपालिका र दैलेखको आठबिसकोट नगरपालिका जोड्ने झोलुङ्गे पुल निर्माणका लागि आवश्यक बजेट तत्काल उपलब्ध गराउन माग गर्नुभयो ।

सांसद श्रीकृष्णप्रसाद अधिकारीले गाजा क्षेत्रको प्यालेस्टाइनी नागरिकको जीवनरक्षाका लागि सरकारको धारणा स्पष्ट गर्न माग गर्नुभयो । सांसद विष्णुकुमारी सापकोटाले जिल्लास्तरीय महिला तथा बालबालिका कार्यालयको खारेजीले महिला विकास तथा सशक्तिकरणमा ध्यान पुग्न नसकेको धारणा राख्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण