काठमाडौँ | गृह मन्त्रालयको जिम्मेवारी सम्हालेको एकबर्षे अवधिमा गृहमन्त्री रमेश लेखकको कार्यकाल सफल भएको उनको सचिवालयले दाबी गरेको छ ।
मंगलबार मन्त्रालयको जिम्मेवारी सम्हालेको एक बर्षको उपलब्धीहरुका बारेमा संचारमाध्यमहरुलाई उपलब्ध गराएको रिपोर्टमा मन्त्री लेखकको सक्रियतामा सुशासन र नीतिगत सुधारमा धेरै काम गरेको उल्लेख छ ।
राष्ट्रिय हितको रक्षा, भ्रष्टाचार नियन्त्रण गरी मुलुकमा सुशासन कायम गर्न, आर्थिक गतिविधिलाई चलायमान बनाउन, राष्ट्रको विकास निर्माणलाई तीब्रता दिने गरी गृह मन्त्रालय र मातहतका निकायहरुलाई निस्पक्ष, व्यावसायिक ढङ्गबाट परिचालन्सञ्चालनमा यो अवधिमा निकै रचनात्मक कार्यहरु भएको दाबी गरिएको छ ।
‘आमजनताको चाहनाअनुसार राष्ट्रिय हितको रक्षा गर्न भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्न, राष्ट्रको विकास निर्माणलाई तीब्रता दिन, राजनीतिक स्थिरताका लागि अन्य दलहरुलाई समेत सहभागी गराई वनेको वर्तमान सरकार नीतिगत र कानूनी सुधारको पाटोलाई पनि प्राथमिकतामा राखेर अघि बढेको छ ।
शान्ति सुरक्षा अमयचयनमा सुधार र समन्वयकारी भूमिका निभाउने क्रममा संविधान र व्यवस्था विरोधी राजधानी केन्द्रीत आन्दोलन र प्रर्दशनलाई सहजै किनारा लगाउने काम गृहमन्त्री रमेश लेखकको एकबर्षे कार्यकालमा भएको छ । संविधान र व्यवस्था विरोधी आन्दोलनहरु भए । संविधानको रक्षा गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई सुदृढ गर्नेगरी कार्य सम्पादन भयो,’ सचिवालयले पठाएको प्रगति विवरणमा उल्लेख छ । सचिवालयले दाबी गरेको प्रगतिको फेहरिस्त यस्ता छन् :
कानूनी र नीतिगत सुधार
गृहमन्त्री रमेश लेखकले कार्यभार सम्हाल्नेबित्तिकै कानूनी र नीतिगत सुधारलाई पहिलो प्राथमिकता दिएका थिए। यस अन्तर्गत नागरिकता विधेयक, २०८२ संसदबाट पारित भई आमाबाट नागरिकता प्राप्तिको संवैधानिक प्रत्याभूति गरिएको छ, जसले विदेशमा जन्मिएका नागरिकलाई नागरिकताविहीनताको समस्याबाट मुक्ति दिनेछ। बहुप्रतिक्षित नेपाल प्रहरी र सशस्त्र प्रहरी सम्बन्धी विधेयकहरू संघीय संसदमा दर्ता भई छलफलको प्रक्रियामा पुगेका छन्, जसमा सेवा सर्त परिमार्जन, पेन्सनको अवधि घटाउने, तथा महिला र मानव अधिकारमैत्री प्रहरी सेवा सुनिश्चित गर्न पहल गरिएको छ। अध्यागमन ऐनलाई आधुनिक बनाउने उद्देश्यले नयाँ विधेयक मन्त्रिपरिषद्मा पेश गरिएको छ, जसले विदेशी र नेपाली नागरिकको आगमन-प्रस्थान व्यवस्थापन गर्न मद्दत गर्नेछ।
त्यस्तै, प्रदेश र स्थानीय तहलाई सीमित जग्गा अधिग्रहणको अधिकार दिने गरी जग्गा प्राप्ति ऐन संशोधनको मस्यौदा तयार गरी कानून मन्त्रालयमा पठाइएको छ। संघसंस्था सञ्चालनसम्बन्धी तीन पुराना ऐनहरूलाई एकीकृत गर्न नयाँ विधेयक अन्तिम चरणमा पुगेको छ, जसले समाज कल्याण र पेशागत संस्थाहरूलाई जिम्मेवार र पारदर्शी बनाउन मद्दत गर्नेछ। निर्वाचन प्रक्रियालाई समावेशी, पारदर्शी र विश्वासिलो बनाउन निर्वाचन ऐन संशोधन प्रस्ताव अर्थ तथा कानून मन्त्रालयमा पठाइएको छ। साथै, राजनीतिक दलसम्बन्धी ऐन संशोधन गरी दलहरूको उत्तरदायित्व बढाउने र स्थानीय प्रशासनलाई प्रभावकारी बनाउन नयाँ विधेयक अगाडि सारिएको छ। यी सबै कानुनी सुधारले शासनमा पारदर्शिता, जवाफदेहिता र समावेशीता कायम गर्न मद्दत गर्ने विश्वास लिइएको छ।
अपराध अनुसन्धान तथा फैसला कार्यान्वयनमा विशेष जोड
चालु आर्थिक वर्षमा अपराध अनुसन्धान र फैसला कार्यान्वयनमा गृह मन्त्रालय र मातहतको निकाय सक्रिय रह्यो । यसवर्ष गतवर्ष भन्दा बढी फरार अपराधिहरुलाई पक्राउ गरिएको छ । ललितपुरको मितेरी बचत तथा ऋण सहकारीको रकम अपचलनका आरोपित ज्योतिबहादुर भण्डारीलाई कम्बोडियामा पक्राउ कानूनी दायरामा यही समयमा ल्याइएको छ ।
मितेरी सहकारीको करिब रु १४ करोड अपचलनमा संलग्न रहेको आरोपमा भण्डारीमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान गरिरहेको छ । त्यस्तै कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत राजेन्द्र वीर राय पनि पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले रु २५० करोड बढी रकम हिनामिना गरी फरार रहेका ६५ वर्षीय रायलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ ।
प्रतिनिधिसभा सदस्य सूर्य थापाको नेतृत्वमा गठित संसदीय समितिले सहकारीको बचत अपचलनसम्बन्धी प्रतिवेदन तयार गर्दै गत भदौ ३१ मा प्रतिनिधिसभामा पेस गरेको थियो । लेखक नेतृत्वको कार्यकालको पहिलो वर्ष सहकारीसम्बन्धी ८२ वटा मुद्दा दर्ता भएका छन् भने मुलुकभरबाट सहकारी मुद्दाका पुरुष र महिला गरी ४५ जना पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार सहकारी ठगीका ५७५ जना आरोपित अझै फरार छन् ।
यस अवधिमा सुन तस्करीमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरिनुका साथै विदेशमा रहेका अपराधीहरुलाई समेत झिकाइएको छ । एक वर्षको अवधीमा २१ हजार सात सय ४७ जना फरार अभियुक्त पक्राउ गरिएको छ । प्रहरीको उच्च मनोवलका साथ कार्यदक्षता बढ्न सकोस भनेर प्रहरी संगठनलाई तुलनात्मक रुपले राम्रोसित आगामी बर्षका लागि बजेट बिनियोजन गरिएको छ ।
प्रहरीमा छुट्टै डेष्क र व्युरो
दलितमाथि हुने विभिन्न प्रकारका भेदभाव, उत्पीडन, छुवाछूतलगायतका घटनाहरुको अनुसन्धानमा सहयोग तथा सहजीकरण गर्न प्रहरी प्रधान कार्यालयमा ‘दलित डेस्क’ स्थापना गरिएको छ । दलित समुदायका व्यक्तिहरुको समेत सहभागितामा दलित डेस्क स्थापना गरी सामाजिक कुरीतिका रुपमा समाजमा विद्यमान छुवाछुत तथा भेदभाव हटाई कानून कार्यान्वयन तथा सुशासन अभिवृद्धिमा योगदान गर्न छुट्टै डेष्क स्थापना गरिएको हो ।
केन्द्रीय दलित समन्वय डेस्क सञ्चालनमा आएसँगै प्रहरीमा सातवटै प्रदेश र ७७ वटै जिल्लामा गरी १८९ दलित सेल युनिटहरुको प्रभावकारिता बढेको छ । चालु आर्थिक वर्षमा छुवाछूतसम्बन्धी २५ वटा मुद्दा समेत दर्ता भएका छन् । अहिले डेस्कमा आएर उजुरी गर्ने क्रम बढ्नुका साथै डेस्क स्थापनाको क्रम बढ्दै गएको छ ।
त्यसैगरी आर्थिक तथा वित्तीय अपराधको चाप बढ्दै गएको निष्कर्ष निकाल्दै यससम्बन्धी अनुसन्धान गर्न छुट्टै महाशाखा स्थापना गरिएको छ । ‘आर्थिक तथा वित्तीय अपराध अनुसन्धान महाशाखा’ को गठन भई गत वैशाखदेखि महाशाखाले प्रभावकारी रुपमा कार्यसम्पादन गरिरहेको छ । महाशाखाले आर्थिक अनियमितता, ठगी, विदेशी विनिमय अपराध, गैरकानुनी सम्पत्ति आर्जन, बंैकिङ अपराध, लगानी ठगीजस्ता आर्थिक अपराधको अनुसन्धानमा विशेष ध्यान दिएको छ ।
विपद् व्यवस्थापन : बझाङदेखि जाजरकोटसम्म
पश्चिम नेपाल भूकम्प गएको झण्डै डेढ वर्ष बितसक्दा पनि विस्तृत क्षति आँकलनको सुरुवात समेत नभएको अवस्थामा भूकम्पबाट भएको क्षतिको मूल्याङ्कन र पुनर्निर्माणलाई गतिका साथ अघि बढाइएको छ । मन्त्रालय सम्हालेको छ महिनामा विस्तृत क्षति आँकलन र निजी घरको पुनःनिर्माण एवं पुनःस्थापन गर्न आवश्यक मापदण्ड बनाउने, नियमावली बनाउने र बजेट व्यवस्थापनको काम सकेपछि म आफैँ प्रभावित स्थलहरु जाजरकोट, डोटी, अछाम र बझाङ पुगेर अस्थायी समन्वय सम्पर्क कार्यालय स्थापना गरी काम सुरु भइसकेको छ । जाजरकोट र बझाङ केन्द्रविन्दु भएर गएको भूकम्पपछिको पुनःनिर्माणलाई प्रभावकारी रूपमा अघि बढाउने गरी कार्ययोजना ल्याएर फिल्डमा काम सुरु भइसकेको छ ।
२०७९ कात्तिक २३ गते डोटी, २०८० असोज १६ मा बझाङ र २०८० कार्तिक १७ गते जाजरकोट केन्द्र बिन्दु भई गएको भुकम्पबाट ठूलो जनधनको क्षतिको भएको थियो । तर त्यहाँ निजी आवास एवं सार्वजनिक पूर्वाधार निर्माणको गति सुस्त थियो । भूकम्पपछिको राहत र पुनस्र्थापनाका कार्यहरुलाई उच्च प्राथमकितामा राखेर अघि बढिरहेको छ । हालसम्म ७७ हजार ५२८ घरधुरीको विस्तृत क्षति आँकलन सम्पन्न भइसकेको छ । प्रभावित जिल्लाहरूमा अस्थायी आवास निर्माणका लागि हालसम्म जम्मा रु.तीन अर्ब ९५ करोड ६५ लाख ५० हजार रकम उपलब्ध गराइएको छ ।
त्यसैगरी गतवर्ष असोजको दोस्रो साताको मनसुनका कारण क्षति भएका निजी आवासको सम्बन्धमा सङ्कटग्रस्त क्षेत्र घोषणा भएका २० जिल्लाका छ हजार २५४ घरधुरी अस्थायी आवासका लाभग्राही कायम भएका छन् । तीमध्ये पाँच हजार ९०० लाभग्राहीसँग सम्झौता भई चार हजार ६५५ जनाले पहिलो किस्ता वापतको अस्थायी आवासको रकम रू. ११ करोड ६३ लाख ७५ हजार प्राप्त गरिसकेका छन् ।
मनसुनजन्य विपद्मा परी मृत्यु भएका कूल ४४२ जना मध्ये ३९१ जनाका आश्रित परिवारलाई हालसम्म रु दुई लाखको दरले रु सात करोड ८२ लाख नगद सहायता उपलव्ध गराइएको छ । आवास पूर्ण वा आंशिक क्षति भएका २५ सय ५५ घर परिवारलाई तत्काल राहत स्वरुप रु चार करोड ५० लाख उपलव्ध गराइएको छ ।
त्यसैगरी कञ्चनपुरको महाकाली नदीमा निमार्णाधीन चार लेनको पक्की पुलसहितको पहुँच मार्ग तीन महिनालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरी निर्माणको जिम्मेवारी नेपाली सेनालाई दिइएको छ । महाकाली किनारको बस्तीसँगै पुल जोगाउन ‘गाइडबन्ड’ निर्माणको काममा सेना खटिएको छ । यो पटकको मनसुनबाट क्षतिग्रस्त रसुवालगायतका जिल्लामा समेत उच्चस्तरीय भ्रमण गराई विपद् व्यवस्थापन एवं प्रतिकार्यलाई प्राथमिकता दिने काम भएको छ ।
प्रदेश सरकारलाई गोदामघर हस्तान्तरण
आपतकालीन गोदाम घरहरु प्रदेश सरकारलाई हस्तान्तरण र सञ्चालनको जिम्मेवारी दिइएको छ । सङ्घीयता कार्यान्वयनलाई प्रभावकारी बनाउने लक्ष्यसहित प्रदेशमा विपद्मा आवश्यक पर्ने सामग्रीसहित स्थापना गरिएका गोदामघरहरु पहिलोपटक हस्तान्तरण गरिएको हो । विपद् व्यवस्थापनमा सङ्घीय, प्रदेश र स्थानीय सरकारबीचको सहकार्य अपरिहार्य हुन्छ । गोदामघरहरु पालिकास्तरसम्म विस्तार गर्नुपर्ने देखिन्छ । चालु आर्थिक वर्षमा आठ हजार ८४० विपद्का घटना छ हजार ७२२ जनालाई नेपाल प्रहरी र सशस्त्र प्रहरी बल संलग्न भई १३ हजार ६४० जनालाई सकुशल उद्धार गरिएको थियो ।
राजस्व चुहावट नियन्त्रण र सिमापार अपराध नियन्त्रण
राजस्व चुहावट नियन्त्रणलाई पनि उच्च प्राथमिकता दिएको छ । गृह मातहत रहेको नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले चालु आवमा गत आवमा भन्दा बढी चोरीपैठारी बरामदी गरी राजस्व सङ्कलनमा महत्वपूर्ण योगदान गरेको छ । हालसम्ममा नेपाल प्रहरीबाट करिब ३ अर्ब र सशस्त्र प्रहरी बल नेपालबाट करिब २ अर्ब अबैध चोरीपैठारीमा सामानहरु बरामदी भएका छन् । सशस्त्र प्रहरी बलमार्फत् ४९८ वटा सीमा स्तम्भहरुको मर्मतसम्भार, पुनःनिर्माण गरिएको छ भने सीमाक्षेत्रमा आठ वटा बिओपी थप गरिएका छन् । यससँगै बिओपीको संख्या २६० पुगेको छ । त्यस्तै थप १२ वटा बिओपीहरुको भौतिक संरचना निर्माण कार्य सम्पन्न हुने क्रममा रहेको रहेको छ ।
सेवा प्रवाह र परिचयपत्र व्यवस्थापन
जिल्ला प्रशासन कार्यालयहरुमा ई–टोकन प्रणाली कार्यान्वयनमा रहेकोमा चालु आवमा सेवाग्राहीको चाप बढी हुने थप ३१ जिल्लामा ई–टोकन प्रणाली सञ्चालनमा ल्याइएको छ । सेवाग्राहीको चाप बढी भएको जिल्लामा म्यानुअल टोकन प्रणाली कार्यान्वयन गरिँदै लगिएको छ । राज्यबाट सेवा लिन नागरिकहरुको सुविधालाई ध्यानमा राखेर गृहबाट २३ वटा इलाका प्रशासन थपका लागि प्रस्ताव अघि बढेको छ ।
मुलुकभरबाट इलाका प्रशासनको माग भएपछि ग्रामीणस्तरसम्म नागरिकको सहज पहुँच र सुविधामा ध्यानमा राखी २३ इलाका प्रशासन थपका लागि सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदनसहित सहमतिका लागि अर्थ मन्त्रालयमा पठाइएको छ । हाल मुलुकभर ७७ वटा इलाका प्रशासन छन् । त्यस्तै महिला तथा बालबालिकाविरुद्ध हुने अपराध, हिंसालगायतको रोकथाम र नियन्त्रणका लागि संयन्त्रगत विकास र सचेतना अभिवृद्धि योजना अन्तर्गत ४०८ वटा प्रहरी चौकीमा मापदण्ड अनुरुप महिला सहायता कक्षको स्थापना गरिएको छ ।
राष्ट्रिय परिचयपत्रसँग राहदानी विभाग, सामाजिक सुरक्षा, आन्तरिक राजस्व विभाग, स्वास्थ्य बीमा बोर्ड, यातायात व्यवस्था विभाग, कम्पनी रजिष्ट्रारको कार्यालय, निवृत्तीभरण व्यवस्थापन कार्यालय, बैंक तथा वित्तीय सेवा र नागरिक एपको प्रणालीको सेवा आबद्धता भएको छ । सवारी चालक अनुमतिपत्र, टेलिफोन तथा सिम कार्ड, सामाजिक सुरक्षा कोष, कर्जा सुचना केन्द्र लिमिटेड, वैदेशिक रोजगार विभागसँग आबद्धता परिक्षण भैरहेको छ ।
त्यसैगरी मन्त्रालयले अनलाइनबाटै नागरिकता प्रमाणपत्रका लागि सिफारिस सेवालाई विस्तार गर्दै लगेको छ । केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणालीमार्फत हाल चार हजार पाँच सय ५० वडा कार्यालयबाट यो सेवा सुरु भइसकेको छ । ५८ जिल्लामा विस्तार भएको सेवा आगामी आर्थिक बर्ष भित्र ७७ जिल्लासम्म पु¥याउने लक्ष्य लिइएको छ ।
भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारका नाममा फिर्ता
भ्रष्टाचारबाट आर्जन गरेको सम्पत्ति सरकारका नाममा फिर्ता ल्याउने अर्को महत्वपूर्ण काम सुरु भएको छ । सर्वोच्च अदालतबाट जफत हुने भनी फैसला भएका घरजग्गा सरकारको नाममा ल्याउनुपर्ने भए पनि त्यसको पहल भएको थिएन । यो अवधिमा रु दुई अर्ब बराबरको सम्पत्ति जफत गरिएको छ । पाँच पूर्वप्रशासकको काठमाण्डु उपत्यकाका विभिन्न स्थानमा भ्रष्टाचारबाट आर्जन गरेको सम्पत्ती जफत गरिएको हो ।
यसअघि कसूरजन्य सम्पत्ती व्यवस्थापन विभागबाट कुनै पनि कसूरजन्य सम्पत्ती जफत भएको थिएन । चालु आवमा नेपाल सरकारवादी हुने विभिन्न छ वटा मुद्दामा भएको अदालतबाट भएको फैसलाबमोजिम काठमाडौ उपत्याका रहेको ७८६.८३ वर्ग मिटर जग्गा र ती जग्गामा रहेका तीन वटा घरहरु समेत कसूरजन्य सम्पत्ती व्यवस्थापन विभागमा ल्याइएको छ ।
कारागारमा उद्यम केन्द्र स्थापना
यस अवधिमा कारागारलाई सुधार गृहको रुपमा विकास गर्न ३८ वटा कारागार कार्यालयमा मनो–सामाजिक परामर्श कार्यक्रम सञ्चालन गरिएको छ भने छ हजार कैदीबन्दीका लागि सीप विकास कार्यक्रम सञ्चालन समेत गरियो । कैदीबन्दीलाई लघु, घरेलु तथा साना उद्यममा रोजगारीसँग आवद्ध गर्न १० वटा कारागार कार्यालयमा उद्यम केन्द्रको स्थापना गरिएको छ । त्यसैगरी नुवाकोटमा केन्द्रीय कारागार सञ्चालनमा ल्याइएको छ । खुला कारागारको अवधारण अनुरुप प्यारोल कार्यान्वयनका लागि एक हजार ९०६ जनालाई प्यारोलमा राख्ने काम भएको छ ।
अध्यागमनको दीर्घकालीन सुधारमा पहल
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन सुधारका लागि पूर्वमुख्यसचिव शंकरदास बैरागीको अध्यक्षतामा अध्ययन तथा छानबिन समिति गठन गरी कार्यारम्भ भएको छ । तीन महिनाको समयावधि पाएको समितिले विमानस्थलको नीतिगत, कानूनी र संरचनागत कमीकमजोरीका कारणले हुने समस्या अध्ययन गरेर सरकारलाई सुझावसहित नौ बुँदे कार्यादेश दिइएको छ । समितिको सुझावलाई आत्महसाथ गर्दै अध्यागमनको प्रणाली सुधार तथा थप व्यवस्थित हुनेमा आशा गरिएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा प्रस्थान कक्षमा आठ वटा नयाँ डेस्क स्थापना र प्रस्थान तथा आगमन कक्षमा एक÷एक वटा भिआइपी डेस्क थप गरी सेवा प्रवाहलाई थप व्यवस्थित गरिएको छ भने अध्यागमन विभागमा ‘सबमिशन आइडी’सहितको टोकन प्रणाली कार्यान्वयमा ल्याइएको छ । अध्यागमन कार्यालयमा डेस्कहरुमा डिस्प्लेमार्फत् अध्यागमनसम्बन्धी सूचनाहरुको प्रवाह गर्नको लागि डिजिटल सूचना प्रणाली जडान गरिएको छ ।
त्यस्तै अध्यागमन कार्यालय पशुपति नगर र टिङ्करमा रहेका अध्यागमन कार्यालय र सीमा प्रशासन कार्यालयलाई सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गरी नयाँ सङ्गठन संरचना निर्माण गरी अध्यागमन तथा सीमा प्रशासन कार्यालय स्थापना गरी सेवा सुरू गरिएको छ । मुस्ताङको कोरलामा अध्यागमन कार्यालय स्थापना समेत गरिएको छ । मुस्ताङको उपल्लो भेगस्थित नेपाल र चीनबीचको सीमास्तम्भ (२४ नम्बर सीमास्तम्भ) रहेको कोरला नाकामा अध्यागमन कार्यालय सञ्चालनमा ल्याइएको छ ।
देखिएका चार चुनौती र न्यूनीकरणको प्रयास
मन्त्री लेखकले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि नयाँ चार चुनौती औंल्याए । त्यसमा लागूऔषध दुव्र्यसन, अवैध कारोबार र ओसारपसार, आत्महत्या, सडक दुर्घटना र साइबर अपराध नियन्त्रण रहेका थिए । लागूऔषध दुरुपयोगको जालो शहर, गाउँबस्ती र टोलस्तरमा फैलिरहेको अवस्थामा त्यसको नियन्त्रणका लागि कारबाही र सचेतना कार्यक्रमहरु एकसाथ मुलुकभर सञ्चालन गर्न मातहतलाई सक्रिय गराउने काम भयो । लागूपदार्थ नियन्त्रणका लागि मन्त्रालयमा लागूऔषध नियन्त्रण विभागको प्रक्रिया अघि बढाइएको छ । सुरक्षा निकायले लागूऔषध दुव्र्यसन तथा ओसारपसारविरुद्ध देशव्यापी कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । लागूऔषध सेवन दुव्र्यसनकै कारण सडक दुर्घटना, आत्महत्या, साइबर अपराधलगायतका घटना बढी हुने गरेको छ । त्यस्तै प्रहरीले अनलाइन ट्राफिक सचेतना कक्षा शुभारम्भ गरेको छ । गृहमन्त्री लेखकले नेपाल प्रहरीलाई प्रविधियुक्त बनाउन त्यसमा दु्रत विकासमा जोड दिएका छन् ।
विपद्मा निःशुल्क हेली उद्दारका लागि सम्झौता
विपद्का बेला काठमाडौं उपत्यकामा निःशुल्क हेली उद्दार गरिने विषयको एकवर्षे सम्झौता भएको छ । विपद्को बेला हवाई उद्धारका लागि निजी हेलिकप्टर सेवा प्रयोग गर्न मिल्ने गरी वायुसेवा सञ्चालक सङ्घ र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबीच सम्झौता भएको हो । सम्झौताअनुसार काठमाडौं उपत्यकाभित्र कुनै पनि प्रकारको जोखिम उत्पन्न भएमा नागरिकहरूको निःशुल्क हवाई उद्धार वायुसेवा सञ्चालक सङ्घले गर्नेछ । उपत्यका बाहिरको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर पर्याप्त नभएको अवस्थामा सङ्घसँग सहकार्य गरेर अपरेशन शुल्क मात्र लिई सेवा उपलब्ध गराइने पनि सम्झौतामा छ ।
विपद् जोखिमको उच्च भूगोल रहेको यो अवस्थामा खोज तथा उद्दारमा गृह मन्त्रालय अग्रसर छ । केही दिनअघि त्रिशुलीमा फसेका दुई नागरिकको उद्दारमा पनि गृह मन्त्रालयले सेनाको हेलिकप्टर पठाएर सकुशल उद्दार गरेको थियो । अहिलेको मनसुनजन्य विपद्बाट हुने जनधनको क्षतिको नियन्त्रण एवं विपद् प्रतिकार्यका लागि सार्थक प्रयासमा लागिएको छ । गतवर्ष साउन महिनायता मन्त्रालयले विपद् प्रतिकार्यका क्रममा २५२ जनाको हेलिकप्टरबाट सकुशल उद्दार गरेको छ भने एक वर्षको अवधिमा नेपाल प्रहरीले सात हजार ४९९ जनाको उद्दार गरेको छ । सशस्त्र प्रहरी बलले बितेको एक बर्षमा १३ हजार ७ सय ५ जनाको सकुशल उद्दार गरेको छ । भने विपद् प्रतिकार्यमा सो अवधिमा ३७ हजार २ सय भन्दा बढी सशस्त्र प्रहरीको फौज परिचालन भएको छ ।
स्वास्थ्य अध्ययन– अनुसन्धानका लागि समझदारी
यस अवधिमा मानसिक स्वास्थ्य अध्ययन–अनुसन्धानका लागि समझदारीमा हस्ताक्षर भएको छ । गृह मन्त्रालय र काठमाडौं विश्वविद्यालयको मानसिक स्वास्थ्य विभागबीच मानसिक स्वास्थ्य अध्ययन–अनुसन्धानका लागि समझदारीपत्रमा हस्ताक्षर हो । बढ्दो आत्महत्याको घटनालाई नियन्त्रण र न्यूनीकरणका लागि यो समझदारी गरिएको हो । आत्महत्याको कारण, कारक र निदानको उपायको खोजीका लागि काठमाण्डु विश्वविद्यालयले अध्यायन र अनुसन्धान कार्य अघि बढेको छ । आत्महत्यासम्बन्धी एप विकासको निर्माणको छ ।
पारदर्शी बढुवा/सरुवा
जेष्ठता, कार्यक्षमतालाई मूल्याङ्कन गरी बढुवा गर्दा विवादरहित ढङ्गबाट सम्पादन भएका कारण नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा सरुवा/बढुवामा बेलाबखत हुने गरेको किचलो र तछाडमछाड यो पटक भने देखिएन । प्रचलित कानूनलाई आत्मसात गर्दै ऐन र कानूनको परिधिमा रहेर बढुवा्सरुवाको कार्य व्यवस्थित गरिँदै लगिएको छ । प्रहरीमा बृत्ति विकासदेखि बढुवासम्मको कार्यलाई निर्विवाध ढङ्गले अघि बढाउँदा प्रहरी संगठनहरुमा त्यसको सकारात्मक थप देखिएको छ ।