१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओली र पोखरेलबीच तीखो सवालजवाफ,पूर्वराष्ट्रपति पक्ष लिएर नबोल्न ओलीको सुझाव

३ श्रावण २०८२, शुक्रबार १२:२५

काठमाडौँ | नेकपा एमालेको विधान संशोधन प्रस्तावमा पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच सचिवालय बैठकमा तीखो सवालजवाफ भएको छ। बिहीबार राति बसेको बैठकमा उपाध्यक्ष विष्णु पौडेलले प्रस्तुत गरेको संशोधन प्रस्तावमाथि छलफलका क्रममा पोखरेलले विधान तीन पटक संशोधित भएर छापिएको भन्दै प्रश्न उठाएका थिए |

पोखरेलको प्रश्नपछि अध्यक्ष ओलीले विद्या भण्डारी निकट नेता कर्ण थापाको जस्तो कुरा नगर्न भनेका थिए ।‘तपाई पनि पदाधिकारी नै हो । तर कर्ण थापाको जस्तो कुरो बोकेर नहिँड्दा राम्रो’, ओलीले पोखरेललाई भनेका थिए । त्यसपछि पोखरेल अलि चर्को स्वरमा बोल्न पुगेका थिए ।

 

पोखरेलले उमेरहद र कार्यकालको सीमा हटाउनु उपयुक्त नहुने धारणा राखेका थिए भने ओली पक्षले ती सीमाहरू हटाउने निर्णय गर्‍यो। पोखरेलको पक्षमा अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली लगायतका नेताहरू उभिएका थिए।

सचिवालय बैठकले अब ७० वर्षे उमेरहद र दुई कार्यकालको सीमालाई हटाउने, पदाधिकारी घटाएर १५ जनामा सीमित गर्ने र सचिवालय हटाएर स्थायी कमिटीको रूपमा पदाधिकारीलाई राख्ने निर्णय गरेको छ। अब एमालेमा स्थायी कमिटी, पोलिटब्युरो (८३ सदस्यीय), र २५१ सदस्यीय केन्द्रीय कमिटी मात्र रहनेछ।

यसैगरी, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीजस्ता मनोनीत प्रतिनिधिहरूलाई विधान महाधिवेशनमा सहभागिता नदिने सम्भावना पनि बढेको छ। आगामी भदौ २०–२२ मा ललितपुरको गोदावरीमा दोस्रो विधान महाधिवेशन हुने छ, जसमा सचिवालयको प्रस्तावहरू केन्द्रीय कमिटी र महाधिवेशनबाट अनुमोदन गरिनेछन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का