२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओली र पोखरेलबीच तीखो सवालजवाफ,पूर्वराष्ट्रपति पक्ष लिएर नबोल्न ओलीको सुझाव

२०८२, ३ श्रावण शुक्रबार १२:२५

काठमाडौँ | नेकपा एमालेको विधान संशोधन प्रस्तावमा पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच सचिवालय बैठकमा तीखो सवालजवाफ भएको छ। बिहीबार राति बसेको बैठकमा उपाध्यक्ष विष्णु पौडेलले प्रस्तुत गरेको संशोधन प्रस्तावमाथि छलफलका क्रममा पोखरेलले विधान तीन पटक संशोधित भएर छापिएको भन्दै प्रश्न उठाएका थिए |

पोखरेलको प्रश्नपछि अध्यक्ष ओलीले विद्या भण्डारी निकट नेता कर्ण थापाको जस्तो कुरा नगर्न भनेका थिए ।‘तपाई पनि पदाधिकारी नै हो । तर कर्ण थापाको जस्तो कुरो बोकेर नहिँड्दा राम्रो’, ओलीले पोखरेललाई भनेका थिए । त्यसपछि पोखरेल अलि चर्को स्वरमा बोल्न पुगेका थिए ।

 

पोखरेलले उमेरहद र कार्यकालको सीमा हटाउनु उपयुक्त नहुने धारणा राखेका थिए भने ओली पक्षले ती सीमाहरू हटाउने निर्णय गर्‍यो। पोखरेलको पक्षमा अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली लगायतका नेताहरू उभिएका थिए।

सचिवालय बैठकले अब ७० वर्षे उमेरहद र दुई कार्यकालको सीमालाई हटाउने, पदाधिकारी घटाएर १५ जनामा सीमित गर्ने र सचिवालय हटाएर स्थायी कमिटीको रूपमा पदाधिकारीलाई राख्ने निर्णय गरेको छ। अब एमालेमा स्थायी कमिटी, पोलिटब्युरो (८३ सदस्यीय), र २५१ सदस्यीय केन्द्रीय कमिटी मात्र रहनेछ।

यसैगरी, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीजस्ता मनोनीत प्रतिनिधिहरूलाई विधान महाधिवेशनमा सहभागिता नदिने सम्भावना पनि बढेको छ। आगामी भदौ २०–२२ मा ललितपुरको गोदावरीमा दोस्रो विधान महाधिवेशन हुने छ, जसमा सचिवालयको प्रस्तावहरू केन्द्रीय कमिटी र महाधिवेशनबाट अनुमोदन गरिनेछन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण