१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ईश्वर पोखरेल र कर्ण थापाको फेसबुक पोस्ट विवादको केन्द्रमा,कारबाही गर्न माग

४ श्रावण २०८२, शनिबार १५:२६

काठमाडौँ । नेकपा एमालेको जारी पोलिटब्युरो बैठकमा पार्टी र नेतृत्वविरुद्ध फेसबुकमा लेख्नेलाइ कारबाही गर्न माग गरिएको छ।

एमाले केन्द्रीय कार्यालय च्यासलमा जारी दोस्रो दिनको बैठकमा स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले ‘पार्टी र नेतृत्वविरुद्ध फेसबुकमा जे पायो त्यही लेख्नेलाइ कारबाही गर्न’ माग गरेका हुन्।

७० वर्षे उमेरहद र दुई कार्यकालभन्दा बढी दोहोरिन नपाउने व्यवस्था विधानबाट हटाउने सचिवालयको निर्णय पुनर्विचार गर्न माग गरिरहेका एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र स्थायी कमिटी सदस्य कर्ण थापाले सामाजिक सञ्जालमार्फत पनि आफ्नो फरक विचार प्रस्तुत गरिरहेका छन्।

अहिले पोलिटब्युरो बैठकमा विधान संशोधनको प्रस्तावमा नेताहरूले धारणा राख्ने क्रम चलिरहेको छ।

पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले बैठक आजै सकाउने तयारी रहेको जानकारी दिए।

‘अहिलेसम्म ६ जनाले बोलिसके’, उनले भने, ‘आजै बैठक सकाउने तयारी छ।’

बैठकको पहिलो दिन शुक्रबार अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक, उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलले सांगठनिक प्रस्ताव पेस गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का