२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पार्टी विभाजन गर्ने तत्त्वबाट पार्टीलाई जोगाउनुपर्ने छ : अध्यक्ष ओली

२०८२, ६ श्रावण सोमबार १४:१२

काठमाडौँ | नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजन गर्ने तत्त्वबाट पार्टीलाई जोगाउनुपर्ने बताएका छन् ।

सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको बैठकमा ओलीले पार्टीलाई विभाजन गर्ने तथा तोडफोड गर्ने तत्त्वबाट पार्टीलाई जोगाउन पार्टी पंक्ति एकताबद्ध भएर अगाडि निर्देशन दिए ।

“पार्टी विभाजन गर्ने, तोडफोड गर्ने तत्त्वहरूबाट पार्टीलाई जोगाउन सिंगो पंक्ति एकताबद्ध भएर अगाडि बढ्न निर्देशन दिनुभएको छ,” एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने ।

उनका अनुसार, ओलीले बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग मतभेद नरहेको बताएका छन् ।

“पूर्वराष्ट्रपतिको आग्रहमा नै कार्यालयमा भेट भएको हो । उहाँसँग खुलस्त छलफल भयो । हाम्रोबीचमा मतभेद छैन । उहाँको पार्टी सदस्यताबारे विवाद गर्नुपरेन, यसबारे केन्द्रीय कमिटीले निर्णय गर्छ,” उनले भने ।

उनका अनुसार, बैठकमा ओलीले सदस्यहरूलाई खुलस्तरूपमा छलफलमा भाग लिन आग्रह गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण