१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमालेले कांग्रेसको मूल्यमान्यतामा आक्रमण गरिरहेको छ : शेखर कोइराला

७ श्रावण २०८२, मंगलवार १२:३४

काठमाडौँ | नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सत्ता नेतृत्वकर्ता नेकपा एमालेले पार्टीको मूल्यमान्यतामाथि आक्रमण गरेको टिप्पणी गरेका छन्। ४३औं बीपी स्मृति दिवसमा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले एमालेले कांग्रेसको मूल्यमान्यतामा आक्रमण गरेको बताएका हुन्।

संघीय निजामती विधेयकमा कुलिङ पिरियड राख्न नहुने नेकपा एमालेको अडानको प्रसंग निकाल्दै कोइरालाले भने, ‘सच्याउने नाममा राष्ट्रिय सभामा एमालेका सांसदहरूले उल्टै कुलिङ पिरियड हटाउनुपर्छ भनेर लेख्ने भनेको कांग्रेसको मूल्यमान्यतामा आक्रमण गरेको हो कि होइन? जसरी सभापतिले टेक एण्ड पेमा अडान लिनुभएको थियो, त्यो अडान चाहिएको छ हामीहरूलाई।’

कुलिङ पिरियडको विषयमा सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई यो कुराहरू स्वीकार्न सकिँदैन भनेर भन्न सक्नुपर्ने उनको भनाइ छ।

 

‘हामीहरूले बोल्यौं कुलिङ पिरियडमा? अहिले पनि सभापतिजीले प्रधानमन्त्रीलाई राखेर भन्नुपर्छ- यो स्वीकार्य हुन्न फटाफट गर्नुस् भनेर,’ उनले भने, ‘गल्ती हामीबाट पनि भएको छ, कांग्रेसका सांसद, मेरो र राज्य व्यवस्था समितिका साथीहरूको पनि गल्ती छ, राज्य व्यवस्थाको सभापतिले किन हेरेन? गल्ती छ।’

उनले पार्टीले ह्विप लगाउँदा किन लगाएको भनेर प्रश्न गर्ने ठाउँ निस्किएको पनि बताए।

‘प्रतिनिधि सभाले संवैधानिक विधेयक पास गर्‍यो, हामीहरूले पास गर्‍यौँ, राष्ट्रिय सभाले त्यसलाई परिमार्जन गरेर पठायो, हामीहरूले दुई दिन रोक्यौं, अनि कांग्रेसको प्रमुख सचेतकले ह्विप लगाउनुपर्‍यो, ह्विप लागेपछि हामीसँग उपाय छैन, हामीले गर्नैपर्छ। किन ह्विप लगाएको भनेर प्रश्न गर्ने कि नगर्ने यी कुरामा? यो मुद्दा त अदालतमा जान्छ-जान्छ, त्यति कुरा कांग्रेसका चिफलाई थाहा छैन? लगाउन हुन्थ्यो ह्विप? यो गम्भीर विषय छ,’ उनले भने ‘यो विषयले गर्दा कांग्रेसको मुटुमा, ‘कोरभ्यालु’मा एमालेले हामीहरूलाई आक्रमण गरिराखेको छ। हामी चुपचाप लागेर बसिरहेका छौँ, बीपी भएको भए यो कुरा स्वीकार गर्नु हुँदैनथ्यो, त्यो बुझौँ हामीहरूले।’

उनले निर्वाचन प्रणाली यस्तै छ प्रधानमन्त्रीले जे भन्यो त्यो मानौँ भनेर बीपीले नभनेको भन्दै देउवालाई व्यंग्य पनि गरे।

उनले भूमिसम्बन्धी विधेयक समितिमा नलगी एमालेले किन पारित गर्न हतार गरिरहेको छ भन्नेबारे ध्यान दिन पनि आग्रह गरे। त्यस्तै उनले भ्रष्टमन्त्रीको विषयमा बोल्न कांग्रेसका नेताहरू लाछी भएको पनि बताए।

‘भूमिसम्बन्धी विधेयक समितिमा जान्थ्यो, भ्रष्ट मन्त्रीहरू एक जनाले त राजीनामा दिनुभयो, अझै एक जना बाँकी हुनुहुन्छ, कांग्रेसका साथीहरू कति लाछी भइसकेका रहेछन्, एमाले कास्कीका जिल्ला समितिले भूमि मन्त्री बलराम अधिकारीले राजीनामा दिनुपर्छ भनेको छ, तर हामी चुप लागेर बसेका छौं,’ उनले भने, ‘योभन्दा लाछीपन के हुन्छ हाम्रो? कांग्रेस विचारमा कमी छैन, तर कांग्रेसको मूल्यमान्यतामा जबसम्म हामी अड्दैनौं यस्ता समस्या आइरहन्छ। भूमि विधेयक के हतार छ पारित गर्न? आजभोलि नै पास गर्न? किन समितिमा छलफल गर्न एमालेका सांसदहरू डराइरहेका छन्?’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव