१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमाले लक्षित टिप्पणी :मरणोपरान्त नेतृत्व मान्ने भन्दै आरती उतार्ने काम भइरहेको छ

७ श्रावण २०८२, मंगलवार १५:५७

काठमाडौँ | नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले एमालेको च्यासलमा जारी बैठकमा अध्यक्ष केपी ओलीलाई मरणोपरान्त नेतृत्व मान्ने भन्दै आरती उतार्ने काम भइरहेको टिप्पणी गरेका छन्। मार्क्सवादी अध्ययन केन्द्रले पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै कम्युनिस्ट आन्दोलनमा विचलन आएको बताए।

‘हाम्रो आन्दोलनको नेतृत्व अब २० वर्ष मेरो कुर्सी नहेर्नु, अर्कोले २० वर्ष त होइन १०/१५ वर्ष अरूलाई तयार गर्छु र छाड्छु’ उनले ओलीलाई लक्षित गर्दै भने, ‘अर्को जमात आजै च्यासलतिर १० वर्ष २० वर्ष होइन। तिमी आजीवन मरणोपरान्त भइराख्नुपर्छ भनेर आरती उतार्ने काम भइरहेको छ। यो हाम्रो आन्दोलनको कस्तो विरोधाभास हो।’

उनले राष्ट्रिय स्वाभिमान बचाउन, संविधान जारी गर्न पनि सकिएको भएपनि घूस नखाने राज्य व्यवस्था बनाउन नसकिएको बताए।

उनले भने, ‘त्यत्रो क्रान्तिकारी पार्टी बनाउन सकिँदो रहेछ। घुस नखान सकिँदो रहेनछ। घुस खाने र पार्टी कब्जा गर्नको लागि गुटबन्दी नगर्न नसकिँदो रहेछ। दलाल पुँजीवादले हाम्रो क्रान्तिकारी आन्दोलनलाई सफल पार्न दिएको छैन।’

उनले राजनीति सत्ता केन्द्रित भएको दाबी गरे। उनले थपे, ‘जस्ता पनि गठबन्धन बनाउने र राज्य दोहन गर्ने राजनीति स्थापित भएको छ। यसले जनतामा असन्तुष्टि पैदा गरेको छ। र अराजक पपुलिस्ष्ट हाबी हुँदै छन्। ०८४ सम्म पनि सजिलो छैन अब, समाज उग्र हुँदै छ।’
उनले ०८४ को चुनाव बङ्गलादेश र पाकिस्तानको मोडलमा जानसक्ने आशङ्का गरे।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव